२०६८ – श्रावन – २७ – पर्वत,राति ८ बजिसकेको थियो, मादीखोला नजिक पुगेपछि माइली छोरी नमुनाले ‘बाबा हामी कहाँ जान लागेको -‘ भन्दै प्रश्न गरिन् । म केही नबोली पुलतर्फडोर्याउँदै अगाडि बढेँ । पुल तर्दै गर्दा बीचमा रहेको होचो भागमा पुगेपछि एकाएक रोकिएँ र पहिला माईली छोरी नमुनालाई फालिदिएँ । कान्छी छोरी नविनाले ‘दिदी’ मात्र के भनेकी थिइन्, मैले उनलाई पनि उर्लिएको खोलामा फालिदिएँ ।
पर्वतको पिपलटारी गाविस-९ निवासी ३५ वषर्ीय कृष्ण शर्मा तिवारीले आङ्खना अबोध दर्ुइ छोरीलाई जिउँदै साउने मासमा उर्लिएको खोलाको भेलमा फालेर हत्या गरेका छन् । गत १५ साउनमा ८ वषर्ीया नमुना र ६ वषर्ीया नविनालाई कृष्णले घर नजिकैको मोदीखोलामा फालेर हत्या गरेका हुन् । लामो अनुसन्धानपछि शुक्रबार प्रहरीले दिएको जानकारीअनुसार कृष्णले अपहरण भएको भनिएको १३ दिन अघि नै आङ्खनी दर्ुइ छोरीलाई मोदीखोलास्थित मोटरेबल पुलबाट ङ्खयाँकेर हत्या गरेका थिए ।
श्रीमती भूला तिवारी कामको सिलसिलामा इजरालयमा रहेकाले सँगै बस्न नपाएकोमा निराश कृष्णले आर्थिक बोझ घटाउन दुई छोरीको हत्या योजना बनाएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।
दुई सातादेखि नाटकीय शैलीमा घटनालाई रहस्यमय बनाएका कृष्णले बिहीबार राति मात्र दुवै छोरीलाई आफंैले खोलामा लगेर फालिदिएको प्रहरीसमक्ष बयान दिएका हुन् ।
‘बाबा, हामी कहाँ जान लागेको – भन्दै गरेकी छोरीलाई जिउँदै खोलामा फालिदिएँ,’ घटनाको र्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभियुक्त कृष्णले भने, ‘मोदीखोलामा पुर्याएर पहिला माहिली छोरीलाई फ्याकिदिए,त्यसपछि कान्छीलाई फालिदिएँ ।’ अभियुक्तले आर्थिक अभावका कारण सधैंभरि श्रीमतीभन्दा टाढा बस्नुपर्ने भएकाले बोझ कम गर्न विद्यालय जाँदै गरेका दर्ुइ छोरीलाई खोलामा फ्याकीदिएको क्रूर बयान दिए ।’
प्रहरीसमक्ष कृष्णले दिएको बयानअनुसार सिल्मीफाँटस्थित गोठबाट रामु अंकलको घरतर्फजाउँ भन्दै दोबिल्ला पुल पुर्याएर खोलामा फालिदिएका थिए ।
प्रहरीसमक्ष अभियुक्तले दिएको बयानअनुसार १५ साउनको दिन अन्दाजी साँझको ६ बजेको थियो, विद्यालयबाट घर फर्की नमुना-नविना दिदी नम्रतासँगै गोठमा पाउरोटी खाई गृहकार्य गरिरहेका थिए । मानो रोपेर मुरी फलाउने अभियानमा लागेका किसानहरू खेतमा गोडमेल सकी आ-आफ्ना घरतिर फर्किसकेका थिए । सुनसानजस्तै हुन थालेको थियो, अभियुक्त कृष्णको गोठ ।
तरकारी किन्न भनी कृष्ण नमुना र नविनालाई लिएर पुलनिर रहेको नारायण श्रेष्ठको पसल पुगे । पसलमा तरकारी जोख्न लगाई मट्टीतेल किन्न दोबिल्लातर्फगए । त्यहाँ मट्टीतेल र फेन्टा किनी आधा छोरीहरूलाई खुवाए । बाँकी आधा दुई क्वार्टर रक्सीमध्ये एउटा खोलेर मिसाइ घुटघुटी पिए ।
नमुना-नविनाले पनि जुस पिउने इच्छा देखाएपछि दर्ुइओटा रियल जुस किनेर गोठतर्फफर्किए । सो क्रममा बाटोमा स्थानीय रामबहादर परियारसँग उनीहरूको भेट भयो, परियारसँग बिजुली बत्ती लाने सम्बन्धमा कुराकानी गरेपछि कृष्ण पुनः नारायणको दोकानमा गई सुकुटी र भटमास खाएर छोरीहरूका लागि अन्डा किनेर गोठ फर्किए । दोकानमा स्थानीय रामप्रसाद पौडेल पनि रहेको र उनको घर बाटोमा पर्ने भएकाले चारैजना सँगै गए । त्यसपछि दुई छोरी नमुना र नविनाको हात समातेर गोठमा पुगे ।
सिल्मीफाँटमा रहेको गोठमा पुग्दा रातको ८ बजिसकेको थियो । कृष्णले दुवै छोरीलाई रामु अंकलको घरतर्फजाऔं भनी दोविल्ला पुलतर्फडोर्याउँदै लगे । बीच बाटोमा पुगेपछि माइली छोरी नमुनाले ‘बाबा हामी कहाँ जान लागेको -‘ भन्दै प्रश्न गरिन् । उनी केही नबोली पुलतर्फडोर्याउँदै अगाडि बढे ।
पुल तर्दै गर्दा बीचमा रहेको होचो भागमा पुगेपछि एकाएक रोकिए र पहिला माईली छोरी नमुनालाई फालिदिए । कान्छी छोरी नविनाले ‘दिदी’ मात्र भन्न के पाएकी थिइन्, क्रूर पिताले उनलाई पनि उचालेर उर्लिएको खोलामा फालिदिए । अनि एकैछिन छोरीलाई बगाएको हेरी उनी गोठमा फर्किए । गोठमा पुगेलगत्तै भाइ-बुहारीलगायत आफन्तलाई फोन गरी कान्छी छोरी बिरामी परेको झूटो हौवा फैलाई हत्यालाई अन्यत्र मोड्न पनि खोजे । तर उनको अपराध छिप्न सकेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहित, क्षेत्र, अञ्चल र जिल्ला प्रहरीको टोलीले कृष्णको अपराध बाहिर ल्यायो । उनले आफैंले हत्या गरेकी छोरीलाई अपहरण गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
मुखमा नकाव लगाएर आएका ५/६ जनाको अज्ञात समूहले कन्चटमा पेस्तोल तेर्स्याएर एक लाख रुपैयाँ फिरौती माग गर्दै मोदीखोलास्थित मोटरेवल पुलसम्म नमुना र नविनालाई लगिएको उनले बताउँदै आएका थिए ।