नेपाली काग्रेस अर्घाखाँचीको घरदैलो अभियान सकियो

– वीरेन्द्र केसी


अर्घाखाँची – शान्ति र संविधानका लागि दवाव दिनका लागि प्रतिपक्ष दल  नेपाली काग्रेसले आफनो पक्षमा जनमत बटुल्न गाउँ अभियान सकिएको छ ।

 


 

जिल्लाका सबै गाविसमा घरदैलो अभियान अन्तरगत जनतालाई शान्ति र संविधानका लागि एकजुट बनाउनका गरेको अभियान विहीवार सन्धिखर्कमा सभा गरी समापन गरेको जनाएको छ । एक महिनासम्म जिल्लामा करिब ५ हजार नयाँ कि्रयाशिल सदस्यता वितरण गरेको छ । सन्धिखर्कमा शान्ति र संविधान पक्षमा वृहत र् यालीको आयोजनापछि वीपी स्मृत भवनमा सभा गरी अभियानको समापन गरिएको थियो ।

 


 

काग्रेसले विहीवार सन्धिखर्कमा वृहत जनप्रदशन गर्ने तयारी गरेपछि यातायात व्यावसायीको बन्दका कारण खुला सभा हुन सकेन । सभामा बोल्दै जिल्ला सभापति कमलप्रसाद भुसालले २०६२/६३ को जनआन्दोलनको मुख्य उद्देश्य शान्ति र संविधान भएकाले काम पुरा नहुदासम्म यो अभियान जारी रहने बताए । उनले गाउँका कार्यकर्तालाई लोकतन्त्रप्रति सबैलाई संगठित पार्न आग्रह गर्दै काग्रेसको शान्ति र संविधानको अभियानलाई सफल पार्न सहयोग गर्न आग्रह गरे ।

 



प्रभावशाली नेता विष्णु मुस्कानले अब सरकारको नेतृत्व गर्ने पालो आएकाले सहमती सरकार निर्माण गरी संविधान लेखन र शान्ति प्रकि्रयाका काम पुरा गर्ने दायित्व काग्रेसको काँधमा आएको बताए । माओवादीले द्धनदको बेला घरकब्जा गरि लुटिएको सम्पत्ती पिर्ता नगर्दासम्म कडा आन्दोलन गर्ने चेतावनी दिए । समापन समारोह सचिव वासुदेव आयार्यको सचालन र मालता खनालको स्वागतमा सम्पन्न भएको थियो ।

 

——————

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.