महिला अधिकारकर्मी द्वारा संविधान बनाउन दबाब दिंदै संविधानसभा भवनअघि बिहीबारदेखि भोकहडताल

काठमाडौं, भाद्र २ – समयसीमाभित्र संविधान निर्माणको दबाब दिन महिला अधिकारकर्मीले संविधानसभा भवनअघि बिहीबारदेखि भोकहडताल सुरु गरेका छन् ।


‘भदौ १४ सम्म अनशन जारी रहन्छ,’ बिहानको आठ बजेदेखि साँझ आठ बजेसम्म १२ घन्टे भोकहडताल बसिरहेको जानकारी गराउँदै संकल्पकी रीता थापाले भनिन्, ‘भदौ १४ मा पनि संविधानको प्रारम्भिक मस्यौदा नआए बृहत् आन्दोलन गर्न बाध्य हुनेछौं ।’


महिला दबाब समूहले हडताल थालेको हो । समूहले यसै अभियान अन्तर्गत भदौ ६ देखि देशव्यापीरूपमा पदयात्रा गर्ने भएको छ ।