अमेरिका र युरोपेली मुलुकमा आएको आर्थिक मन्दीका कारण एसियाली शेयर बजारमा गिरावट आएको छ ।
जापानको मुख्य सूचकांकमा दई प्रतिशतले गिरावट आएको छ भने दक्षिण कोरियामा चार प्रतिशतले गिरावट आएको छ । गत बिहीबार अमेरिकाको बजारमा भारी गिरावट आएपछि यसको असर एसियाली मुलुकमा परेको हो । युरोपली मुलुकको शेयर बजारमा भने छ प्रतिशतले गिरावट आएको छ । युरोपेली मुलुकमा बजार बन्द भएपछी बेलायतमा शेयर बजारमा ४ दशमलव४ प्रतिशतले गिरावट आएको छ भने फ्रैंकफर्टमा ५ दशमलव ८ प्रतिशतले गिरावट आएको छ ।
अमेरिकाको शेयर बजार डांमाडोल हुँदा त्यहाँको शेयर बजारमा पाँच प्रतिशतले गिरावट आएको थियो । शेयर बजारमा गिरावट आइरहेकै बेला अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा ब्यापक बृद्धि भएको छ ।