सिरियामा जारी प्रदर्शनमा मानवअधिकार हनन भएको जनाउँदै संयुक्त राष्ट्रसंघले मानबिय मिसन टोली सिरिया पठाउने निर्णय गरेको छ । संयुक्त राष्ट्र संघीय मानवअधिकार प्रमुखका अनुसार सो टोलीले प्रदर्शनस्थलको अनुगमन गरी प्रतिबेदन तयार पार्ने छ ।
सिरियाका राष्ट्रपति बशर अल असदलाई पद त्याग गर्न दबाब दिैंदै आएको संयुक्त राष्ट्रसंघले सिरियामा मानवअधिकार हनन भएको ठहर गर्दै मानबिय मिशन टोली पठाउने निर्णय गरेको हो ।
राष्ट्रपति असदलाई राजीनामाका लागि अमेरिका र युरोपेली मुलुकहरुले दबाब दिएतापनि असद भने राजीनामा दिन तयार छैनन् । तर प्रदर्शनकारीहरुमाथि जारी सैनिक कारबाही हाललाई स्थगीत गरिएको छ ।
राष्ट्रपति असदले भने सिरियाली जनता आफनो पक्षमा भएतापनि आतंकबादी समूहको उक्साहटका कारण प्रर्दशन चर्केको दाबी गरेका छन् । यता प्रदर्शनकारीहरु भने राष्ट्रपतिले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने अडानमा छन् । सिरियामा गत मार्चदेखि जारी आन्दोलनका कारण दुई हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।