भारतमा भ्रष्टाचार बिरोधी अभियानमा अनसन बसिरहेका अन्ना हजारे तिहाड जेलबाट जुलुस सहित रामलीला मैदानमा


 

नयाँ दिल्ली – प्राप्त समाचार अनुसार भ्रष्टाचार बिरोधी अभियानमा अनसन बसिरहेका सामाजिक कार्यकर्ता अन्ना हजारे तिहाड जेलबाट जुलुस सहित राजधानी नयाँ दिल्ली स्थित रामलीला मैदान पुगेर अनसन जारी राखेका छन।

 

हजारे विगत चार दिनदेखि तिहार जेलमा अनसन बसिरहेका थिए । मंगलबार बिहानै दिल्ली प्रहरीले पक्राउ गरेपछि उनले आफुलाई राखिएको तिहार जेलमै अनसन सुरु गरेका थिए ।

 


भारत सरकारले संसदमा पेश गरेको भ्रष्टाचार बिरोधी लोकपाल विद्येयकले प्रधानमन्त्री, न्यायधीस तथा सांसदहरुलाई नसमेटेपछि उनले त्यसको बिरुद्धमा अमरण अनसन घोषणा गरेका थिए ।


उनले मंगलबार अनसन सुरु गर्नु अघि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, देशभरको ब्यापक जनदवावका कारण उनलाई मंगलबार बेलुका नै मुक्ता गरिएपनि उनी निसर्त अनसन बस्न पाउनु पर्ने माग गर्दै जेलबाट बाहिर निस्कन मानेका थिएनन् ।


बिहीबार पुनः सरकारले १५ दिनका लागि रामलीला मैदानमा अनसन बस्न अनुमति दिएपछि उनी जेल बाहिर निस्कन राजी भएका हुन् । उनी तिहार जेलबाट हजारौंको जुलुससहित रामलीला मैदान गएका छन् ।