अमेरिकाको अर्थतन्त्र फेरि ह्रासको अवस्थामा, सबैतिर चिन्ता

अमेरिकाद्वारा सार्वजनिक अनेकन आर्थिक तथ्याङ्कमा अर्थतन्त्रमा ह्रासको परिस्थिति देखाइएको छ। अमेरिकाको अर्थतन्त्र फेरि ह्रासको अवस्थामा पर्नसक्ने चिन्ता लिनुका साथै युरोपमा ऋण सङ्कटको फैलावट हुनसक्ने चिन्ता लिएर बजारमा त्रास बढेको छ।

         अमेरिकाको अर्थतन्त्र फेरि ह्रासको अवस्थामा पर्नसक्ने चिन्ता लिनुका साथै युरोपमा ऋण सङ्कटको फैलावट हुनसक्ने चिन्ता लिएर युरोप तथा अमेरिकाको मुख्य शेयर बजारमा हिजो फेरि ठूलो मात्रामा गिरावट आएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य हिजो पनि ठूलो मात्रामा झरेको छ। न्युयोर्क बजारमा तेलको भाउमा छ प्रतिशत गिरावट आएको छ।