लोकसंस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधि सम्मान


काठमाडौं  – ‘सधैं पिएचडी गरेकाले मात्र उपाधि पाएको देख्दा खुसी लाग्थ्यो, आज आफैंले पाउदा सपना हो कि बिपनाजस्तै भएको छ। ‘ लोकसंस्कृतिविद् सत्यमोहन जोशीले शुक्रबार काठमाडौं विश्वविद्यालयबाट शुक्रबार महाविद्यावारिधि सम्मान पाएपछि भावुक हुँदै भने।’बुढेसकालमा यत्रो ठूलो सम्मान पाउँदा अझै केही गर्नुपर्छ भन्ने ऊर्जा थपिएको छ।’

 

जोशीले लोक साहित्य, लोकभाषा , लोकजीवन , पुरातत्त्व, इतिहास, संस्कृति, दर्शन, कविता-काव्य, नाटक अनुसन्धानलगायत क्षेत्रमा पुर्‍याएको योगदानबापत् महाविद्यावारिधि दिइएको हो।


उनले नेपाली भाषामा कविता विधाका २, संस्कृति र अनुसन्धान विधाका १०, नाटक विधाका ६ र यात्रा साहित्य विधाका १ गरी १९ कृति प्रकाशित गरिसकेका छन्। नेपाल भाषामा कविता-काव्य विधाका ३ र नाटक विधाका ८ गरी ११ कृति छन्।


‘हाम्रो लोकसंस्कृति’, ‘कर्णाली लोकसांस्कृतिक भाग १’ र ‘नेपाली राष्ट्रिय मुद्रा’ जोशीले मदन पुरस्कार पाएका छन्। तीनपटकसम्म मदन पुरस्कार उनी एकमात्र हुन्।

 

– नागरिक