भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीको आक्रमणमा परि १० जना सुरक्षाकर्मी मारिएका छन् । शुक्रवार भएको भीडन्तमा तीन सुरक्षाकर्मी घाइते भएका छन् ।
विजापुरको भोपाद पटनम देखी भद्रकाली सम्म सुरक्षाकर्मीको नियमित गस्तीका क्रममा ४५ जना प्रहरी माओवादीको आक्रमणमा परेको अधिकारीहरुले बताएका छन् । करिब १ घण्टा सम्म चलेको संघर्षका क्रममा केही माओवादी र सर्वसाधरण पनि हताहत भएको बताइएको छ ।
माओवादीले पछिल्लो समय सुरक्षाकर्मी माथिको आक्रमण तीव्र पारेपछि सरकारले वार्ताको प्रस्ताव राखे पनि विभिन्न शर्तका कारण वार्ता हुन सकेको छैन । भारतमा लामो समय देखी चलेको माओवादी विद्रोह पछिल्लो समय भारतका अधिकांश राज्यहरुमा फैलिसकेको छ ।