इजरायल र इजिप्ट मुलुकबीच तनाव, इजिप्सियन राजदुत फिर्ता

इजरायली सेनाले पांच इजिप्सियन प्रहरीलाई गोली हानेपछि दुई मुलुकबीच तनाब बढेको छ । इजिप्टले घटनाको विरोधमा आफ्ना राजदूतलाई इजरायलबाट फिर्ता बोलाउने जनाएको छ । कायरोले इजरायलबाट आफ्ना राजदुत फिर्ता गर्न लागेको दशक यता कै यो पहिलो घटना हो । घटनाको विरोधमा सयौं इजिप्सीयने कायरोस्थित इजरायली दुतावास बाहिर व्यापक विरोध प्रदर्शन गरेका छन् ।

 

बिहिबारको घटनालाई राजनीतिक र कानुनी रुपमै इजरायलले जिम्मेवारी लिनु पर्ने कायरोले माग गरेको छ । साथै इजरायलले माफी मागेर घटनाको छानवीन गरिनु पर्ने पनि कायरोले भनाई छ । इजरायलले घटनाको छानबीन गर्ने प्रतिबद्धता जनाउदै आफ्ना सेनाले शंकास्पद प्यालेष्टाइनी लडाकुलाई पिछा गर्ने क्रममा घटना भएको दाबी गरेको छ । इजिष्टमा होस्नी मुबारकको शासनको पतनसंगै अहिले दुई मुलकबीचको ३० वर्षे लामो सन्धीलाई परिक्षणको रुपमा हेरिएको छ ।

 

उता विहिबारको घटनापछि इजरायले गाजा क्षेत्रमा लगातार आक्रमण गरेको छ भने प्यालेष्टाइनीहरुले पनि इजरायली भूमीमा २० भन्दा बढी रकेट प्रहार गरेको जनाइएको छ ।