श्रीकृष्ण जन्माष्टमी अवसरमा अर्घाखाँचीभर धुमधामका साथ पुजा आरधना

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – श्रीकृष्ण जन्माष्टमी अर्घाखाँचीभर धुमधामका साथ पुजा आरधना गरी मनाईंएको छ ।

 

जन्माष्टमी अवसरमा अर्घा मन्दिर लगायत जिल्लाभरका कयौ मन्दिरहरुमा पुजा आरधना गर्न श्रद्धालुहरुको घुइँचो लागेको छ।

 

यसैगरी अर्घाखाँचीको मथुरा बेसीमा पनि भव्य मेला लागेको छ।

 

भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्वका अवसरमा सन्धिखर्क नगरपालिका लगायत जिल्लाभरका महिला दिदीबहिनीहरुले तिजका नाच- गीत गाएर रमाइलो गरिरहेका छन।

 

ज्ञान योग, भक्ति योग र परमयोगकका प्ररेणता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीका मध्य रातमा भएको विश्वास स्वरुप आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्री भन्ने गरिन्छ ।

 

अन्याय अत्यचारबाट र राक्षसी प्रवृतिबाट सम्पूर्ण मानवको रक्षा गर्न विष्णुको आठौं अवतारका रुपमा जन्मेका श्रीकृष्णले असत्य र असुरमाथि विजय प्राप्त गरेको किम्बदन्ती छ ।

 

उता काठमाडौंबाट प्राप्त समाचार अनुसार हिन्दु धर्मावलम्बीहरुको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति रामवरण यादवले शुभकामना व्यक्त गरेका छन् ।

 

आइतबार पाटनस्थित कृष्ण मन्दिरमा पुगेर यादवले पुजाआर्चन समेत गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदैं राष्ट्रपति यादवले यस पर्वले सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गरी रष्ट्रियताको सम्वर्द्धन गर्नमा सफल रहोस भन्ने कामना समेत दिएका छन् ।

 

आजको दिन मुलुकभर कृष्णको मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । पाटनको कृष्णमन्दिरमा ठूलो मेला समेत लागेको छ ।





अर्घाखाँचीको अर्घा फलेपतमा २०६७ को स्थानिय तिज कार्यक्रमको एक झलक:-

 

 

 भिडियो स्रोत:  balkrishna7, youtube.com


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.