– तीर्थ प्रसाद भट्टराई
भ्रष्टाचार विश्वभर कुनै न कुनै रुपमा व्याप्त रहेपनि तेस्रो विश्वका राष्ट्रहरू त्यसबाट बढी आक्रान्त रहेका छन् । एसिया र अफ्रिकाका राष्ट्रहरूमा प्रजातन्त्र मजवुत हुन नसक्दा ती राष्ट्र भ्रष्टाचारबाट आक्रान्त हुनुका साथै सुशासनको अभावका कारण विभिन्न प्रकारका द्वन्द्वमा फसेका हुन्छन् । तर विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भनिएको भारतमा प्रजातन्त्र स्थापनाको ६४ वर्ष पुगिसक्दा पनि भ्रष्टाचार निर्मूल हुनुसकेको छैन भन्ने कुरा हालै भइरहेका भारतका घटनाले प्रष्ट पारेका छन् ।
भारतमा अहिले अन्ना हजारे चर्चामा छन् । भारतमा भ्रष्टाचार नौलो कुरो होइन तर अहिले जति भष्ट्रचार विरोधी आन्दोलन भारतमा कहिल्यै भएको थिएन र ७४ बर्षीय हजारे त्यही भष्ट्रचार विरोधी अभियानका कारण पूरा भारतको मात्र नभएर विश्वकै ध्यान तान्न सफल भएका छन् ।
भारतमा ठूलो परिमाणका भष्ट्र्राचारहरू हुने गर्दछन् । ती काण्डहरू अर्बांै डलरका हुने गरेका छन् । हाल एक अर्ब २१ करोड जनसङ्ख्या भएको भारत जस्तो राष्ट्रमा भष्ट्राचार पनि ठूलै परिमाणमा हुने गरेका छन् । हालै भारतमा चर्चामा रहेका भ्रष्टाचार काण्डहरुमा कमनवेल्थ खेल भ्रष्टाचार, योध्दाका बिधवाका लागि बनिने आवासको जग्गा सम्बन्धी भ्रष्ट्राचार तथा बैक ऋण घुस काण्ड आदि रहेका छन् ।
हालै भारतमा भएको एक भष्ट्राचार काण्डमा भारतका पूर्व टेलिकम मन्त्री ए. राजा ३९ अर्ब डलरको भष्ट्र्राचारमा पक्राउ परेका छन् । यो रकम भारतको एक वर्षको रक्षा बजेट बराबर मानिन्छ ।
भष्ट्राचार नियन्त्रण गर्न भारतमा एउटा लोकपाल बिल मस्यौदा गरी संसदमा प्रस्तुत गरिएको छ । अन्ना हजारे, स्वामी रामदेव आदीले भष्ट्राचार निमूल गर्न अनसनलगायतका प्रदर्शन सुरुगरेपछि दबाबमा परी नयाँ लोकपाल विधेयक संसदमा पेस गरिसकेको छ तर सो पनि पर्याप्त नभएको भनी अन्ना हजारेले पुनः अनसन सुरु गर्नु हुने भएको थियो ।
तर सरकारले प्रदर्शनले भयावह रुप लिनसक्ने डरले उहाँलाई गत मङ्गलबार पक्राउ गरी भारतको कुख्यात तिहाड जेलमा राखेको थियो । उहाँको रिहाइका लागि भारतभर भएका प्रदर्शनको दबाब भारत सरकारले झेल्न सकेन र उहाँलाई बिहीबार नै छोडिदियो ।
यसअघि भारतबाट भष्ट्रचार निर्मूल गरिनुपर्ने माग राख्दै भारतका विश्वप्रशिद्ध योगगुरु स्वामी रामदेवले पनि नयाँ दिल्लीको रामलीला मैदानमा भोक हडताल सुरु गर्नु भएको थियो । उहाँको समर्थनमा पनि भारतभर नै भोकहड्तालहरू भएका थिए र सो विरोध थामिनसक्नु भएपछि सरकारले राति नै पक्राउ गरेको थियो ।
रामदेवपछि हाल अन्ना हजारेले पुनः भोकहडताल सुरु गर्न लाग्नु भएपछि भारत सरकारलाई ठूलो टाउको दुखाई भएको छ । भारतका प्रधानमन्त्री मनमोहन सिंहले अन्नाको अभियानलाई गलत अवधारणा भन्नुभएको छ र यस गलत अभियानले संसदीय प्रजातन्त्रलाई नै चुनौती दिएको बताउनुभएको छ ।
अझ सरकारका केही मन्त्रीले त अन्ना स्वयम् नै भष्ट्र्राचारी भएको आरोप पनि लगाएका थिए । अन्ना हजारे को हुन त ? अन्ना हजारेको खास नाम किसन बाबु हजारे हो र उहाँ सन् १९३७ को जुन १५ मा जन्मनु भएको थियो ।
उहाँले महात्मा गान्धीको उपदेशमा आधारित अहिंसाको माध्यमबाट भारतमा भष्ट्र्राचारविरोधी आन्दोलन चलाउनु भएको छ । उहाँलाई सन् १९९२ मा उहाँको रालेगान सिद्धि नामक महाराष्ट्रको एक गाउँको विकास र संरचनामा सुधार गरेर गाउँलाई एउटा नमूना गाउँमा विकास गरेको योगदान स्वरुप सरकारद्वारा पद्म भूषण पुरस्कार दिइएको थियो ।
यो पुरस्कार भारतको तेस्रो ठूलो नागरिक पुरस्कार हो । अन्नाले सर्वप्रथम सन् २०११ को अप्रिल ५ तारिखमा सरकारलाई बलियो भष्ट्राचार विरोधी कानुन ल्याउन दबाब दिन आमरण अनसन थाल्नु भएको थियो ।
त्यस्तो कानुनलाई जनलोकपाल विधेयकमा समेटिएको हो । लोकपाल नेपालको अख्तियार दूरुपयोग निवारण आयोग जस्तै निकाय हो र यसलाई प्रधानमन्त्री र सांसदलाई समेत यसको छानविनको दायरामा ल्याउनुपर्छ भन्ने अन्नाको माग रहेको छ ।
सो बखत अन्नाको भोक हडताल अप्रिल ९ मा टुङ्गिएको थियो । सरकारले अन्नाको माग स्वीकार गरेकाले शक्तिशाली लोकपाल विधेयक बनाउन एउटा समिति गठन गरेको थियो । तर त्यसले प्रस्तुत गरेको विधेयक पनि प्रभावकारी नभएको भन्ने अन्नाको मान्यता रहेको छ ।
यसपटक अन्नालाई सरकारले नयाँ दिल्लीको रामलिला मैदानमा १५ दिनमात्र अनसन गर्न पाउने गरी विहिवार छोडिदिएको छ । उहाँको माग भने एक महिना अनसन गर्ने थियो ।
अन्नाले आफ्नो आन्दोलनलाई दोस्रो स्वतन्त्रता आन्दोलन भन्नु भएको छ र वहाँलाई सेतो टोपी र चस्मा लगाएका कारण भारतीयहरुले महात्मा गान्धी जस्तै मानेका छन् । यसबाट उहाँलाई भारतभर ठूलो जनसमर्थन मिलेको छ । खासगरी उहाँलाई विद्यार्थी, कर्मचारी तथा अवकास प्राप्त कर्मचारी, सेना आदि लगायत मध्यम वर्गले उहाँलाई ठूलो समर्थन दिएको छ ।
भारतका विभिन्न सहरमा उहाँका समर्थनमा