नरेशबहादुर खत्रीको उपचार्थ यूएईबाट सहयोग रकम पठाइयो



– उमाकान्त पाण्डे “गाउंले”

 

यूएई डेस्क – अर्घाखाँचीको किमडाँडा गा.बि.स. वार्ड नं. ४ निवासी नरेश बहादुर खत्रीको उपचारार्थका लागि यूएईबाट सहयोग रकम पठाइएको छ।यूएईमा कार्यरत अर्घाखाँचीका युवाहरुले स्थापना गरेको “अर्घाखाँची सामुहिक बचत कोष” यूएई द्वारा सकंलन गरिएको करीव बिस हजार नेपाली रुपैया (करीब १ हजार यूएई धिराम्श)आर्थिक सहयोग उपलब्ध गराइएको हो। 
 
जीवनको अन्तिम क्षणमा रहेका नरेशबहादुर खत्रीको तुरुन्त मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भए लगतै विश्वभरबाट सह्योग सन्कलन जारी रहेको बेला “अर्घाखाँची सामुहिक बचत कोष” यूएईको पहलमा उक्त रकम सन्कलन गरी उपलब्ध गराएको हो।
 
“अर्घाखाँची सामुहिक बचत कोष” यूएईका अध्यक्ष रवीलाल खनालको  पहलमा संकलित जम्मा रकम रू बिस हजार नेपाली रुपैया आजै नरेश बहादुर खत्रीको सन्धिखर्क मेगा बैकमा रहेको खाता नं. ००४००५००१०२३१ मा जम्मा गरिएको छ।

अर्घाखाँची डट्कम् मार्फत विश्वभर सहयोगका लागि अनुरोध गर्नु र डट्कम् को बिदेश शाखा हरुले यस् लाई सार्थक बनाउन लागि परेको यथार्थता लाई मध्यनजर गर्दै यूएईमा पनि धेरथोर रकम सकलन गरीएको र सहयोग बाट बिरामीलाई केही राहत मिलो भन्ने कामना कोषका अध्यक्ष खनालले गरेका छन।

 

साथै उनले यूएईमा रहेका बिभिन्न संघसस्था तथा अर्घाखाँची डट्कम् यूएई डेस्क मार्फत ईमेल तथा खबर गरिएको भए पनि कुनै पनि संघसस्थाले सहयोग नगरेको गुनासो गरे। प्रवासी नेपाली युवा संघ यूएई द्वारा करिब ३ हजार नेपाली रुपैया सहयोग बाहेक सस्थागत रुपमा अन्य सस्था ले नदिएको उनको भनाइ छ।


“अर्घाखाँची सामुहिक बचत कोष” यूएई गत दुई महिना अघी मात्र स्थापना भएकोले कोषका न्युन सदस्य मार्फत उठाएको रकम थोरै भए पनि बिरामीका लागि केही राहत मिलोश भनेर अहिले खाडीको ५० – ५५ डिग्री तापक्रमको प्रबाह नगरि सकलित रकम नेपाल पठाइएको हो।


 

जीवनरक्षाको लागि आर्थिक सहयोग गरेको “अर्घाखाँची सामुहिक बचत कोष” यूएईले जीवनको अन्तिम क्षणमा रहेका नरेश खत्रीकोको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

 

यसैगरी अत्यन्तै गम्भिर अवस्थामा रहेका नरेशलाई बचाउन अपरेशनको लागि ६ लाख रुपैया तुरुन्त आवश्यक परेको र अहिले सम्म सन्कलित प्राप्त रकम बाहेक अरु बाँकी रकम उठाउने क्रम जारी रहेको छ जस्लाई अर्घाखाँचीडट्कमले नियमित जानकारी प्रकासित गर्दै निगरानी समेत गरेको छ।

 

२०६८ श्रावण ३२, बुधवार सम्मको पछील्लो विवरण:

 


 


 

पहिलो प्रकासित मिती: २०६८ श्रावण ३१, मंगलवार)