LIVE: लिवियाका कर्णेल मुअम्मर गद्धाफीको ४२ वर्ष शासनको अन्त्य हुँदैछ । कर्नल गद्धाफीका दुई छोराहरु लगायत धेरै जस्तो उच्च तहका सरकार एवम उच्च सैनिक प्रमुखहरुलाई विद्रोहीहरुले आफ्नो नियन्त्रणमा लिइसकेका छन। यस सम्बन्धी जानकारी लगायतका अनेकौ समाचार सामाग्रीहरुलाई यहाँ प्रत्क्षय उप्डेट गरिरहेका छौ । कृपया यहाँ समाचार जानकारी निरन्तर आइरहने हुनाले पेज रिफ्रेश गरिरहनु पर्दैन। No need to reload page, content updates automatically.
This concludes our live coverage of dramatic events in Libya on Sunday. Join us shortly for our reporting on Monday’s events.
अस्ट्रेलियाको पश्चिमी भागको समुद्री सतह बढ्ने गति विश्वको औसत स्तर भन्दा दोब्बरभन्दा बढी
अस्ट्रेलियाले सार्वजनिक गरेको एउटा पछिल्लो प्रतिवेदनअनुसार, अस्ट्रेलियाको पश्चिमी भागको समुद्री सतह बढ्ने गति विश्वको औसत स्तर भन्दा दोब्बरभन्दा बढी देखिएको छ। सो प्रतिवेदनले यस शताब्दीको अन्त्यतिर पर्थ तथा पश्चिमी अस्ट्रेलिया महाद्वीपको दक्षिण-पश्चिमी भागका तटवर्ती क्षेत्रमा बसोबास गरेको अठाईस हजार नौ सय जना बासिन्दासामु डुब्नसक्ने त्रास उत्पन्न भएको जनाएको छ।
मौसमबारेका विशेषज्ञले समुद्रले जमिनलाई डुबाउने संकट दिन प्रतिदिन गम्भीर हुँदैआएको कारण कार्बन अक्साइडको निष्काशन मात्रा न्यून पार्ने कदम चाल्नुपर्ने कुरा बताएका छन्।
प्राप्त सूचनाअनुसार, गत शताब्दीको सत्तरीऔं दशकको मध्यकालदेखि यत्ता पश्चिमी अस्ट्रेलिया महाद्बिपको दक्षिण-पश्चिमी भागमा परेको पानीको मात्रा 15%ले कम भएको छ। यसद्बारा जल भण्डारको आपूर्तिमा पानीको मात्रा 40%ले कम भएको छ।