राजधानी त्रिपोली विद्रोहीहरुको कब्जामा, लिवियाभर विजय उत्सव
भाद्र ५ गते, २०६८ मा प्रकाशित
रातभरको संघर्षपछि विद्रोहीले मध्य त्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका छन् ।
लिवियामा ६ महिनादेखि कर्नेल गद्धाफीको सरकार विरुद्ध संघर्षरत विद्रोहीहरु राजधानी त्रिपोली प्रबेश गरी महत्वपूर्ण सरकारी संरचनाहरु कब्जा गर्न प्रयासरत छन् । विद्रोहीहरुले गद्धाफीका छोरा सैफ अल ईस्लामलाई पक्राउ गरेको दावी गरेका छन् ।
अन्र्तराष्ट्रिय फौजदारी अदालतका अभियोजनकर्ता लुईस मोरिने अकोपाले पनि गद्धाफीका छोरा पक्राउ परेको पुष्टि गरेका छन् । गए राति त्रिपोलीमा विद्रोही र सरकारी फौजवीच भएको भीडन्तमा एक हजार तीन सय भन्दा बढी मानिस मारिएको बताईएको छ । रातभरको संघर्षपछि विद्रोहीले मध्य त्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका छन् । गद्धाफी सरकारले त्रिपोलीमा विद्रोहीको प्रबेश भएको स्वीकार गरेको छ तर कर्नेल गद्धाफीले अन्तिम अवस्थासम्म पनि सत्ता त्याग नगर्ने अडान लिएका छन् ।
सरकार नियन्त्रित टेलिभिजनमा संदेश प्रवाह गर्दै गद्धाफीले त्रिपोलीबासीलाई विद्रोही विरुद्ध हतियार उठाउन आब्हान गरेका छन् । त्रिपोलीमा गद्धाफीका हजारौ फौज रहेको र उनीहरुले विद्रोही विरुद्ध घातक आक्रमण जारी राखेको बताईएको छ ।
अन्र्तराष्ट्रिय समुदायले भने थप रक्तपात हुन नदिन तत्काल सत्ता त्याग गर्न गद्धाफीलाई दबाब दिएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले गद्धाफीको पतनको दिन आईसकेको बताउनु भएको छ ।
त्यस्तै, अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा आएको उल्लेख गर्नुभएको छ ।
लिवियामा भिषण युद्द, विद्रोही द्धारा राजधानी ट्रिपोलीका कयौ क्षेत्र कब्जा,गद्धाफीका छोरा सैफ अल इस्लामलाई नियन्त्रणमा
लिवियामा कर्णेल गद्धाफी्प्रति बफादार सेना र विद्रोहीबीच भिषण संघर्ष भइरहेको छ।
संघर्षका क्रममा विद्रोहीले रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको राजधानी ट्रिपोलीका कयौ क्षेत्र कब्जा गरिसकेका छ।
यसैबीच कर्नल गद्धाफीका छोरा सैफ अल इस्लामलाई विद्रोहीहरुले आफ्नो नियन्त्रणमा लिसकेका छन। मुअम्मर गद्धाफी २४ घण्टाको अन्तरालमा अडियो मार्फत आफुले अन्तिम अवस्था सम्म लिबिया नछाडने बताएका छन।
लिवियामा विद्रोहीले ४२ वर्षदेखि शासन गरिरहेका कर्णेल गद्धाफीले सत्ता त्याग्नु पर्ने भन्दै संघर्ष गरिरहेका हुन् ।
लिबियाको विपक्षीय शक्तिले त्रिपोलीको अन्तर्राष्ट्रिय विमान स्थल र एउटा हतियार केन्द्र आफ्नो कब्जामा
लिबियाको विपक्षीय शक्तिले राजधानि त्रिपोलीको अन्तर्राष्ट्रिय विमान स्थल र एउटा हतियार केन्द्र आफ्नो कब्जामा लिएको कुरा विपक्षीय शक्तिले जनाएको छ। लिबियाका नेता ओमार मुअम्मर अल गदाफीले आज विहान सबेरै टेलिभिजनमा भाषण गरेर सर्वसाधारणसँग नेटो र विपक्षीय शक्तिको प्रहारको प्रतिरोध गर्न आग्रह गर्नुभएको छ।
उक्त भाषणमा नेटोले निर्दोष लिबियाली सर्वसाधारणलाई मारेको तथा शहर र आधारभूत प्रबन्धको नष्ट गरेकोमा निन्दा गर्नुका साथै नेटोको लक्ष्य लिबियाको पेट्रोल उर्जा लुट्नु हो भन्ने कुरा पनि श्री गदाफीले बताउनुभएको छ। साथै नेटोको लिबियामाथि आक्रमण र कब्जा गर्ने गतिविधिलाई विपक्षीय शक्तिले सहयोग गरेकोमा पनि आलोचना गर्नुभएको छ। भाषणमा श्री गदाफिले लिबिया छोडेको कुराको अस्वीकार गर्नुभएको छ।
हिजो साँझदेखि आज विहान सबेरैसम्म नेटोले धेरैपटक त्रिपोलिमाथि वायु आक्रमण गरेको छ। राजधानि त्रिपोली मुक्त गर्ने युद्ध सुरु भएको कुरा विपक्षीय शक्तिले व्यक्त गरेका छन्।