अर्घाखाँचीमा रथ एवम रोपाइ जात्रा

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत जिल्लाका अनेकौ क्षेत्रहरुमा रथ यात्रा एवम रोपाइ जात्रा निकालिएको छ।

 


 

थाहा भए अनुसार सन्धिखर्क नगरपालिकाको शान्ति बगैचा हुँदै जिल्ला अस्पताल नजिक रहेको राधा कृष्ण मन्दिर सम्म सो जात्राको आयोजना गरिएको थियो। उक्त जात्रा मेलामा अनेकौ भेष-भुषाका पहिरनमा गीत, नाच गर्दै, धान रोपाही लगायतका हसाउने खाले कमेडीहरु गर्दै रमाइलो गरिएको थियो।

 


 

जनै पूर्णिमाको दोस्रो दिन आयोजना गरिने सो जात्रामा सयौको उपस्थिती रहेको थियो। जिल्लाका स्थानिय राजनीतिक दलहरुका नेताहरुको समेत उपस्थिती रहेको थियो।

 

यस बेला अर्घाखाँचीका नेवार समुदायमा पनि लाखे तथा रोपाइ जात्रा गर्ने गरिन्छ ।

 

 


( Editor’s Note: बाँकी फोटोहरु तस्बिर पेजमा गएर हेर्न सकिनेछ । )






Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.