लिबियाका सरकार विरोध समूहका अधिकारीद्बारा नयाँ काल शुरु

लिबियाका “राष्ट्रिय वर्तमान समिती”का उपाध्यक्ष अबदेल हाफिस घोगाले आज विहान सबेरै एउटा टेलिभिजन अन्तर्वार्तामा गद्दाफी लिबियाको एउटा प्रतीक भएको तर हालै जनताहरुले उहाँलाई ढलाएको भन्दै लिबियाको नयाँ काल शुरु भएको बताउनुभयो।

          एकाईस तारिख रातिदेखि लिबियाका सरकार विरोध समूहले राजधानीमा हमला गरेको छ। हालै लिबियाका सरकार विरोध समूह राजधानीमा प्रबेश गर्नुका साथै राष्ट्रिय रेडियो स्टैशनलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ। साथै गद्दाफिका छोरीले सरकार विरोधी समूहसमक्ष आत्म-समर्पण गरेका छन्। र लिबियाका सरकार विरोध समूहले गद्दाफिको खोजी गरिरहेको छ।

           श्री अबदेल हाफिस घोगाले वर्तमान समयमा आमनिर्वाचन आयोजना हुने छ भन्दै एउटा बहुपक्षिय, प्रजातान्त्रिक र सर्वसाधारणको मुलुक स्थापना हुने कुरा बताउनुभयो।