चितवन मेडीकल कलेजमा स्वास्थ्यकर्मीको गल्तिका कारण दम रोगी महिलाले टीवीको औषधी खांदा मृत्यु

भरतपुर  – भरतपुर स्थित चितवन मेडीकल कलेजमा स्वास्थ्यकर्मीको गल्तिका कारण दम रोगी महिलाले टीवीको औषधी खांदा सोमबार सांझ स्थानीय पुर्णकली ढकालको मृत्यु भएको छ ।

शिक्षण अस्पतालले दमबाट पिडित ढकाललाई डिस्चार्ज गर्दा क्षयरोगीको औषधी दिएको थियो । पि्रस्केप्सन साटिदा गलत औषधी परेको अस्पतालले दावी गरेको छ ।  महिलाले घर पुगेर औषधी सेवन गरेकी थिइन । भरतपुर ४ कमलनगरकी ५७ ढकाललाई ४ दिन भर्ना गरेर उपचार गरिएको थियो ।

डिस्चार्ज गर्दा स्वास्थ्यकर्मीले ढकाल र १६ वर्षीया क्षयरोगी रिंकन घिमिरेको औषधी साटेको पीडितको आरोप छ ।  औषधी सेवन पछि बेहोस भएकी ढकाललको हिजो राति अस्पतालको आइसियूमा मृत्यु भएको उनका छोरा गोबिन्द ढकालले बताउनुभयो ।

अस्पतालले घिमीरेको औषधि पे्रस्क्रिप्सन आफूलाई दिएको ढकालले जानकारी दिए ।   उक्त प्रेष्क्रि्रप्सन अनुसार औषधि सेवन गराउदा बिरामी जटिल बनेको थियो ।  उपचार क्रममा हिजो राती ९ बजे ज्यान गएको मृतकका आफन्तले बताए ।

यस विषयलाई लिएर आज बिहानै देखि मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । अस्पतालमा पटक पटक नाराबाजी भएको थियो । तिनले  ५ बंदे माग राखेका थिए । मध्यान्ह अस्पताल प्रशासन र आफन्त बिच वार्ताको क्रममा ४ बुंदे सहमती भएको छ । सहमतीमा अस्पतालले गल्ती गरेको स्वीकार्ने, प्रेस्किप्सन साटिएर दिने डयुटीमा रहेकालाई कार्यवाही गर्ने, मृतकको छोराहरुको ईच्छा अनुसार एउटा अक्षय कोष स्थापना गर्ने र अर्कै क्षयरोगी बिरामी रिंकन घिमिरेलाई निःशुल्क उपचार गर्ने भएको पीडितका तर्फबाट वार्तामा सहभागी बालकृष्ण कंडेलले बताए ।