अन्र्तराष्ट्रिय मुद्रा कोषका पुर्व प्रमुख डोमिनिक स्टास कानमाथिको यौन दुब्र्यबहार मुद्धा फिर्ता

अमेरिकी अधिकारीहरुले अन्र्तराष्ट्रिय मुद्रा कोषका पुर्व प्रमुख डोमिनिक स्टास कानमाथिको मुद्धा फिर्ता लिन न्युयोर्क अदालतका न्यायाधीश समक्ष आग्रह गरेका छन् ।

 

कानले होटलमा आफुमाथि यौन दुब्र्यबहार गरेको आरोप लगाउने महिला नाफिसाटियु डाल्युको बयान शंकाष्पद भएको भन्दै अभियोजनकर्ताहरुले मुद्धा फिर्ताको आग्रह गरेका हुन् । आईएमएफका प्रमुखको रुपमा अमेरिका भ्रमणको बेला न्युयोकस्थित एक होटलमा बास बसेका कानले डाल्युमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो ।

 

६२ बर्षीय कानले ३२ बर्षीया अफ्रिकन मुलकी महिलामाथि यौन दुब्र्यबहार गरेको अभियोग प्रमाणित नभएपछि मुद्धा फिर्ताका लागि आग्रह गरिएको अधिकारीहरुले बताएका छन् । फ्रान्सेली नागरिक कानमाथि यौन दुब्र्यबहादरको आरोपमा उनको देशमा समेत मुद्धा जारी रहेको छ ।