लिबियाको विपक्षी समूहले एउटा घोषणा गर्दै राजधानी त्रिपोलीको धेरैजसो भाग नियन्त्रण गरिएको बताएको छ। यसका साथै “राष्ट्रिय सङ्क्रमणकालीन परिषद” लाई बङ्गाजी शहरबाट त्रिपोलीतर्फ सार्ने योजना गरेको छ। तर लिबियाका नेता गद्दाफी कहाँ जानुभएको भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन।
लिबियाको “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”का अध्यक्ष मुस्तफा अब्दूल जालिलले सोही दिन बोल्दै गद्दाफीको युग समाप्त भइसकेको र विपक्षी समूहले गद्दाफीको पक्राउ गर्नु लिबिया क्रान्तिको साँच्चिकै विजय भएको बताउनुभयो।
साथै उहाँले गद्दाफीका दुई छोरा सैइफ र मोहमद विपक्षी समूहको नियन्त्रणमा रहेका र उनीहरू सुरक्षित भएको बताउनुभयो। नयाँ समाचारअनुसार लिबियाको विपक्षी समूहले गद्दाफीका अर्का छोरा सादीलाई पनि प्रकाउ गरेको दाबी गरेको छ।