आम हड्तालले पाकिस्तानको व्यापारिक शहर कराँचीको जनजीवन अस्तव्यस्त

पाकिस्तानको एक शक्तिशाली जनजातीय समूहले आह्वान् गरेको आम हड्तालले पाकिस्तानको व्यापारिक शहर कराँचीको जनजीवन अस्तव्यस्त बनेको छ। कराँचीमा भएको श्रृङ्खलाबद्ध हिंसाको बिरोध गर्दै  मङ्गलबार गरिएको आम हड्तालको आह्वानले कराँची ठप्प भएको स्थानीय बासिन्दाले बताएका छन्।

          प्रहरी तथा अस्पतालहरूले जानकारी दिएअनुसार, जनजाति तथा अन्य लक्षित आक्रमणहरूबाट गत हप्तामात्र सयभन्दा बढीको ज्यान गएको थियो। तथ्याङ्कहरूलाई हेर्दा , जून महिनामा मात्र लगभग 300 जनता मारिएका छन्।