भारतमा अन्ना हजार र सरकारबीच भएको वार्ता निष्कर्षबिहीन

भारतमा भ्रष्टाचार विरोधी प्रभावकारी लोकपाल कानूनको माग राखेर अनशन बसेका सामाजिक अभियन्ता अन्ना हजार र सरकारबीच भएको वार्ता निष्कर्षबिहीन बनेको छ ।

 

 भारतीय अर्थमन्त्री प्रणव मुखर्जी र हजारेका प्रतिनिधीबीच भएको बार्तामा सरकारले भ्रष्टाचार नियन्त्रणमा लचकता नदेखाएको, सरकारी अधिकृतहरुलाई लोकपालको दायरामा ल्याउन आनाकानी गरेको, र प्रभावकारी लोकपाल बिधेयकको मागको समेत बेवास्ता गरेको भन्दै हजारेले असन्तुष्टी जनाएका छन् । वार्ता लगत्तै हजारेले माग पुरा नभए सम्म अनशन नतोड्ने अडान दोहो-याएका छन् ।

 

यसैबीच, रामलिला मैदानमा अनशन बसेका हजारेको स्वास्थ बिग्रदै गएपछि उनका उनका समर्थकहरुले चिन्ता ब्यक्त गरेका छन् ।