पर्वतमा दाजुले २५ वर्षीय भाइको लिङ्ग काटिदिए

पर्वत – पर्वतमा दाजुले भाइको लिङ्ग काटिदिएका छन । पर्वतको कुर्घा गाविस वडा नम्बर ५ का ३६ वर्षीय बुद्धिबहादुर नेपालीले २५ वर्षीय भाइ श्यामबहादुर नेपालीको लिङ्ग काटेपछि गम्भीर घाइते भएका छन् ।

श्यामबहादुरको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर दाजु बुद्धिले भाइसँग झगडा गरी आइतवार साँझ श्यामबहादुर काटिदिएको र ढिलो गरी जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्त नेपालीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । नेपालीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको गुरुङ्गले जानकारी दिए ।