काठमाडौं – सामाजिक कार्यकर्ता अन्ना हजारेले भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भ्रष्टाचारविरोधी अनसन रोक्न गरेको आग्रह अस्वीकार गरेका छन् ।
अन्नाले आफ्ना तीन शर्तसहित सिंहका सहयोगीलाई जवाफ फर्काएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीको जवाफ आएपछिमात्र अनसनबारे औपचारिक घोषणा गरिने अन्ना टिमका एक सदस्य मनीष सिसौदियाले जानकारी दिए ।
अन्नाले अनसन तोड्नुअघि जनलोकपाल विद्येयक संसदमा पेश गर्नुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष पठाएका छन् । अन्नाले अनसन तोड्ने सम्भावना रहेपछि रामलीला मैदानमा समर्थकको भीड बाक्लिएको छ ।
यसैबीच अन्नाको अनसनमा समर्थन जनाउँदै प्रधानमन्त्री निवासमा गर्ने भनिएको प्रदर्शन स्थगित भएको छ ।