सन 2010 नोबेल आर्थिक पुरस्कार प्राप्त गरेका अमेरिकी अर्थशास्त्री पिटर डाइमण्डले हिजो सम्बाददाताको अन्तर्वार्तामा विश्व अर्थतन्त्रमा दोस्रो पटक मौद्रिक संकट रहने सम्भावना धेरै ठूलो भएको बताउनुभयो। यूरोप ऋण सम्बन्धी संकट, धेरै मुलुकका सरकारले बेरोजगारी सम्बन्धी समस्यामा ध्यान नदिएको यी दुइ कारण मुख्य भएको पनि बताउनु भयो।
जर्मनीमा आयोजित नोबेल आर्थिक पुरस्कार प्राप्त अर्थशास्त्री सम्बन्धी तेस्रो सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो।