लिबियाका नेता कर्णेल गद्दाफीद्दारा फेरी अडियो सन्देश, त्रिपोलीमा गद्दाफी समर्थक र बिद्रोहीहरु बीच भीषण संघर्ष जारी
भाद्र ९ गते, २०६८ मा प्रकाशित
लिबियाका नेता कर्णेल गद्दाफीले फेरी अडियो सन्देश मार्फत नेटो एवम बिद्रोहीहरुलाई ट्रिपोलीबाट निश्देत गरी हटाउन आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन।
उता यस अघी लिबियाका बिद्रोहीले कर्णेल गद्दाफीलाई पक्रन र हत्या गर्न गद्दाफीका समर्थकहरुलाई अपील गरेका छन् । उनको हत्या र पक्राउ गर्ने जोकोहीलाई पनि माफ गर्ने घोषणा बिद्रोहीहरुले गरेका छन् ।
लिबियाका ब्यापारीहरुको एक समूहले भने गद्दाफीलाई पक्राउ गर्ने र हत्या गर्ने ब्यक्तीलाई १७ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका छन् । यसैबीच राजधानी त्रिपोलीमा गद्दाफी समर्थक र बिद्रोहीहरुबीच भीषण संघर्ष जारी नै छ ।
उनका समर्थकहरुले गद्दाफीको जन्मस्थान सिर्ते शहरमा कब्जा जमाएर बसेका छन् , तर गद्दाफीको स्थिति भने अज्ञात छ । उनी त्रिपोलीमा नै रहेको आशंका बिद्रोहीहरुले गरेका छन् । लिवियाको राजधानी त्रिपोलीमा विद्रोहीहरुले कर्णेल गद्धाफीको निवास क्षेत्र बाब अल अजिया नियन्त्रणमा लिएका छन् ।
विद्रोहीहरुले पांच घण्टा भन्दा लामो संघर्ष पछि गद्धाफीको निवास कब्जा गर्दा त्यहां उनका कोही पनि समर्थक फेला नपरेको बताईएको छ । विद्रोहीहरु ट्रिपोलीको ग्रिन स्क्वायरमा जम्मा भई खुशीयाली मनाइरहेका छन् । यसैबीच गद्धाफीले भने मृत्यु या विजयका लागि आफ्ना समर्थकहरुलाई आह्वान गर्दै आफु निवासबाट पछि हट्नु रणनीतिक कदम मात्र भएको दाबी गरेका छन् । यसअघि त्रिपोलीको स्थानिय रेडियोमा बोल्दै गद्धाफीले नेटो र विद्रोही विरुद्धको संघर्षमा शहिद हुने वा विजयी हुने छनौट मात्र रहेको बताए । गद्धाफीले आफ्नो कम्पाउण्डमा नेटोले हवाई आक्रमण गरेको जिकिर समेत गरेका छन् ।
लिवियामा ४२ वर्ष देखी शासन गरेका गद्धाफीको सरकारविरुद्ध ६ महिना देखी संघर्षरत विद्रोहीले आईतबार ट्रिपोली प्रवेश गरी शहर कब्जाको प्रयास थालेका थिए ।
शुरुमा सहज रुपमा शहर प्रवेश गरे पनि पछि उनीहरुले गद्धाफी समर्थक सरकारी फौजको कडा प्रत्याक्रमणको सामना गर्नु परको थियो । गद्दाफीको पतनपछि लिवियाको शासन सत्ता विद्रोहीको राष्ट्रिय संक्रमणकालीन परिषद एनटीसीले सम्हाल्ने संकेत देखिएको छ ।