नरेश बहादुर जीवनरक्षा अभियानका लागि कतारबाट आर्थिक सह्योग
भाद्र १० गते, २०६८ मा प्रकाशित
सन्धिखर्क, अर्घाखाँची – नरेश बहादुर जीवनरक्षा अभियानका लागि कतारमा बसोबास गर्दै आएका नेपालीहरुले आर्थिक सह्योग गरेका छन।
अर्घाखाँची हाँसपुर गाविस वार्ड न ३ ठाढुगाका (हाल कतारमा कार्यरत्) समाजसेवी रिम प्रसाद पन्थीको विषेश पहलमा रु. २०९३१.३५ जम्मा गरी अर्घाखाँचीडटकमको खाता न. ०१५०००००२६०६ म यही अगष्ट २० तारिकका दिन पठाइएको हो।
यसैगरी नेपाली प्रबासी युबा तथा समाज सेवी हाल कतारमा कार्य्ररत अर्घाखाँची जिल्ला सन्धिखर्क कुरका नरेश बहादुर रायमाझीबाट नरेश जीवनरक्षा अभियानको लागि थप रु १०००० सहयोग प्रदान भएको छ।
अर्घाखाँची जिल्लाको किमडांडा गाबिस वार्ड न-४ खाल निवासी बुबा भिम बहादुर खत्री तथा आमा श्यामकला खत्रीको छोरा वर्ष १८, पकलेको जनता माबि मा १२ कक्षामा पढिरहेका नरेश बहादुर खत्रीको मुटु सम्बन्धी गम्भिर विरामी भएका उनको अहिले काठमाडौं स्थित एक अस्पतालमा भर्ना गरी उपचार गरि रहदै छ।
मुटु सम्बन्धी गम्भिर विरामी उनलाई तुरुन्त २ मुटुका भल्व फेर्नु पर्ने भएकोले तर घरको आर्थिक स्थिती अन्यान्तै कमजोर भएका कारण जिल्ला, देशका विभिन्न संघ सस्थाहरु, समाज एवम देश विदेशमा रहेका नेपाली समुदायहरुमा अर्घाखाँचीडटकम मार्फत अनुरोध गरिएको छ।