लिबियाको विपक्षी सशस्त्र समूह र गद्दाफीको सेनाले राजधानी त्रिपोली र लिबियाको अरु क्षेत्रमा गोली हानहान जारी


 

लिबियाको विपक्षी सशस्त्र समूह र गद्दाफीको सेनाले राजधानी त्रिपोली र लिबियाको अरु क्षेत्रमा गोली हानहान जारी राखेका छन्। विपक्षी समूहले गद्दाफीको जन्मस्थल सोल्टतिर जाने बाटोमा गम्भीर प्रतिरोध गरेका छन्।

यसका साथै लिबियाको विपक्षी समूहले त्रिपोलीमा गद्दाफीको खोजीलाई जारी राखेका छन्। जानाइएअनुसार विपक्षी समूहले राजधानीमा गद्दाफी र उनका छोरा बसेका घरहरू घेरेका छन् र गद्दाफी समर्थित सशस्त्र तत्वसँग गवली हानहान भएको छ।


सोही दिन लिबियाको विपक्षी समूहको “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”का अध्यक्ष मुस्तफा अब्दूल जालिलले इजिप्टको काइरोमा बोल्दै गद्दाफीद्वारा नियन्त्रण गरिएको क्षेत्रका जनतालाई “क्रान्तिमा भाग लिन” आह्वान् गर्नुभयो।