अलजेरियाको राजधानी अल्जियर्स देखी पश्चिममा अवस्थित चेरुचिल शहरमा रहेको सैन्य प्रतिष्ठानमा गराइएको आत्मघाती आक्रमणमा १८ जना मारिएका छन् ।
मारिनेमा १६ जना सेना र दुई जना सर्वसाधरण रहेको बताइएको छ । कम्तीमा दुई जना आत्मघातीले रामादान व्रतमा संलग्नहरुमाथि विष्फोट गराएका थिए । विष्फोटको जिम्मा हाल सम्म कसैले पनि लिएको छैन । दुई हप्ता अगाडि मात्र अलजेरियाकै तिजी क्वाजु शहरमा इस्लामिक मेग्रेब समुहले गराएको कार वम विष्फोटमा परि २९ जना घाइते भएका थिए ।
अलजेरियामा सन् १९९० सम्म चलेको द्धन्द्धका कारण १ लाख ५० हजार भन्दा बढीको मृत्यु भएको थियो । सन् १९९२ को निर्वाचनपछि इस्लामिक पार्टीले निर्वाचन जिते पनि त्यहां राजनीतिक अस्थिरता र द्धन्द कम हुन सकेको छैन ।