अमेरिकामा आइरिन नामको समुद्री आँधी अहिलेसम्मकै सबैभन्दा ठूलो हुनसक्ने चेतावनी
भाद्र १० गते, २०६८ मा प्रकाशित
क्यारेवियन क्षेत्रमा विनाश लिला मच्चाइसकेको आँधी उत्तरी क्यारोलीनाको तटीय क्षेत्रलाई असर पार्दै वासिङटन र न्यूयोर्क शहरसम्म पुग्ने बताइएको छ ।
न्यूयोर्क – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा आइरिन नामको समुद्री आँधी अहिलेसम्मकै सबैभन्दा ठूलो हुनसक्ने चेतावनी दिनुभएको छ ।
ओबामाले भीषण बाढी र विद्युत कटौतिको सम्भावना रहेको जनाउँ दिँदै अमेरिकी नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो । अमेरिकाको नर्थ क्यारोलिनाका सात राज्यसहितका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गर्दै त्यस क्षेत्रलाई खाली गराइएको छ ।
आँधीबाट हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राखी तटीय क्षेत्रका बस्ती खाली गराउने कार्य अहिलेसम्मकै बृहत भएको बताइएको छ ।
क्यारेवियन क्षेत्रमा विनाश लिला मच्चाइसकेको आँधी उत्तरी क्यारोलीनाको तटीय क्षेत्रलाई असर पार्दै वासिङटन र न्यूयोर्क शहरसम्म पुग्ने बताइएको छ ।
समुद्री आँधी आइरिन १ सय ५५ किलोमिटर प्रतिघण्टाको गतिमा आउने र यसबाट ६५ लाख व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ । शहरमा पहिलो पटक भूमिगत रेल सेवा पनि बन्द गरिएको छ ।