भारतमा अन्ना हजारेका माग पूरा, अनसन तोड्


 

नयाँ दिल्ली – भ्रष्टाचारविरोधी कडा कानुन ल्याउनु पर्ने माग राख्दै आमरण अनसन बसिरहेका अन्ना हजारेको माग पूरा भएको छ।

 

स‍ंसदले उनको जनलोकपाल विधेयकसम्बन्धी मागमा सैद्धान्तिक रुपमा सहमत रहेको प्रस्ताव पास गरेको छ। तल्लो र माथिल्लो दुवै सदनले प्रस्ताव पास गरेपछि अन्ना हजारेले सबैको सहमतिमा आइतावार बिहान १० बजे अनसन तोड्ने घोषणा गरेका थिए।

अन्ना हजारेले यसलाई आफूहरुको आधा जित भन्दै आधा जित्न अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

विगत १२ दिनदेखि गान्धीवादी नेता हजारे आमरण अनसनमा थिए।

उनले राखेका तीन वटै शर्त भारतको लोकसभा र विधानसभाले स्वीकार गर्दै स्थायी समितिमा स‌कल्प प्रस्ताव पठाउने निर्णय गरेपछि उनले अनशन तोड्ने घोषणा गरेका हुन् ।


 Anna Hazare with Actor Aamir Khan on 12th day of his fast against corruption at Ramlila Maidan, in the Capital on 27-8-2011. Photo: Kamal Narang


यस अघी उनले ‘म भोली बिहान १० बजे अनसन तोड्छु, खुशी मनाउनका लागि तपाईहरु सबै आउनु होला’ अन्नाले सरकारी प्रतिनिधिले प्रधानमन्त्रीको पत्र पढेर सुनाएपछि रामलीला मैदानमै घोषणा गरे, ‘यो जनलोकपाल विलको आधा जीत हो ।’


 


यसलाई भारतीय सञ्चार माध्यमहरुले भारतीय लोकतन्त्रको जीत भनेको छ । भारतमा विगत ४० बर्षदेखि चर्चामा रहेको तर, बन्न नसकेको भ्रष्टाचार विरोधी कानुन बनाउन अन्ना गत अप्रिलमा पहिलो पटक अनशन बसेका थिए । त्यसवेला अन्नाका समुहलाई पनि विद्येयक निर्माण समितिमा राखेपछि अनशन तोडिएको थियो ।


 


तर, उनले उक्त स‌युक्त विद्येयक निर्माण प्रकृयामा धोका भएको बताएभने सरकारले आफ्नो तर्फबाट लोकपाल विद्येयक स‌सदमा प्रस्तुत गरियो । तर, अन्ना र उनका समर्थकहरुले त्यसको विरोध गर्दै उक्त सरकारी विद्येयकले छुटाएका तीन वटा बुँदा पार्नु पर्ने माग गरे ।

प्रधानमन्त्रीले अनसन तोड्न गरेको आग्रह पत्रको जवाफमा उनले सबै कर्मचारी जनलोकपाल अन्तरगत ल्याउनु पर्ने, राज्यहरुमा लोकपाल आयुक्त नियुक्त गर्नुपर्ने र नागरिक वडापत्र लागु गर्नु पर्ने तीन माग अघि सारे ।


 


शनिबार बसेको भारतीय स‌सदको स‌युक्त बैठकले यि तीनै मागलाई सम्बोधन गर्दै स‌सदको स्थायसमितिमा रहेको सरकारी लोकपाल विलमा थप्नका लागि स‌कल्प प्रस्ताव त्यहाँ पठाउने निर्णय गर्यो ।


 


सुरुमा सरकारले उनको माग सुनेन । १२ दिन अघि अनशन सुरु गर्न खोज्दा पक्रेर तिहाड जेल पुर्याइएको थियो । तर, उनको समर्थनमा जनलहर देखिएपछि उनलाई छाडियो । छाडिएपछि रामलीला मैदानमा अनशन बसेका अन्नालाई भारतीय समाजका सबै तप्काको समर्थन रह्यो । उनको समर्थनमा दिनहुँ भारतभर लाखौ‌ जनताले प्रदर्शन गरेका थिए ।

अन्तत भारतीस स‌स्थापना ७४ बर्षे बृद्धको जायज जिद्दीस‌ग झुक्यो र उनको मागहरु पुरा गरेको छ । अन्नाले शनिबार राती स‌क्षिप्त बोल्दै यसलाई सबैको जीत भनेका छन् ।