संविधान बन्नै पर्छ

-सागर कुँवर बाग्लुङ्ग

(हाल नेदरल्याण्ड  ))

 

राजनितिक पार्टीहरुको सत्ता  मोहको कारणले गर्दा नै समयमा संविधान बन्ने कुनै संकेत देखिदैन  यो राष्ट्रको लागी अशुभ संकेत हो । यदी राजनितिक पार्टीहरु सत्ता मोहलाई त्यागेर र संघियतालाई छाडेर संविधान निर्माणलाई तिब्रताका साथ अगाडी नबढाउने हो भने देश विदेशी शत्तिको अखडा बन्ने संम्भावाना लाई अस्विकार गर्न सकिन्न । संविधान नबन्नुका पछाडी आज प्रमुख रुपमा को वा कुन शत्ति दोषि छ त्यस कुराको निदान नगरीकन संविधान निर्माणको गति अगाडी  बढ्न सक्ने छैन त्यसकारण संविधान  सभा बाट संविधान निर्माण गर्नको लागी मुख्यत तिन ठुला पाटीहरु माओवादी एमाले र कांग्रस बिच सहमति हुनु आवाश्यक छ ।

खास गरीकन एकिकृत माओवादीमा भएको सामाजिक फासिवादी चिन्तन तथा कि्रयाकलाप नै मुख्य रुपमा जिम्मेवार छ एकातिर अर्को तर्फ माओवादी संविधान सभाको सबै भन्दा ठुलो दल भएको कारण ले पनि उसको भुमिका तथा जिम्मेवारी स्वत बढी हुनाले पनि संविधान नबन्नुमा माओवादीको सबै भन्दा  ठुलो जिम्मेवारी छ । यसको अर्थ यो होईन की खाली माओवादी मात्र दोषी हो । हामीले यो बुज्न जरुर छ की संविधान निर्माण को कार्यलाई एमाले काग्रस र मधेषबादी दलहरुको पनि जिम्मेवारी छ उनिहरुले पनि काफी हद सम्म संविधान निर्माणको कार्यलाई अवरोध गर्दै आएका छन  तर पनि माओवादीको कि्रयाकलाप नै प्रमुख रुपमा जिम्मेवार छ ।

अहिले पनि संविधान बन्नको लागी राजनितिक पाटाीहरु बिच नै सहमति हुनु पर्दछ जुन प्रकारको सहमति ०६२/६३ को आन्दोलन सफल पार्नको लागी भएको थियो यसको अर्थ यो हो की ०६२/६३ को आन्दोलनका राजनितिक पाटीहरुको एकता कायम रहनुपर्दछ । अको तफ संघियता नेपालको बस्तुगत परीस्थिती संग मेल नखाने भएकोले र नेपाली जनताको माग नभएकोले यसको संघियता खारेज हुनु पर्दछ र संविधानको निर्माण हुनुपर्दछ तब मात्र देशले निकास पाउने छ ।

समयमा संविधान नबन्नु खास गरीकन प्रतिगामी शत्तिहरुको लागी सुखद कदम हुन सक्दछ किनकी प्रतिगामी तथा राजावादी शत्तिहरुले लगातार  रुपमा संविधानसभाको बिघटनको माग गरीरहेका छन एकातिर भने अर्को तर्फ उनिहरु संविधान सभाका विरुद्धमा लगातार रुपमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएका छन तर आम जनताका लागी समयमा संविधान नबन्नु एउटा गम्भिर दुखको पक्ष मात्र नभएर जनताको चाहाना तथा राष्ट्रिय हितका विरुद्धको कुरा हो । हाम्रो ध्यान यो पक्षमा पनि जान आवाश्यक छ की संविधान को जिर्माण अब जनताको खबरदारी बाट मात्र सम्भव छ त्यसकारण एकपटक राष्ट्रको लागी पुन राजनितिक दलहरुलाई खबरदारी गर्नु राष्ट्रिय आवाश्यकता भएको छ ।

क्रान्किारी शत्तिहरुले यो कुरामा ध्यान दिन आवाश्यक छ अहिले बन्ने संविधान नै अन्तिम संविधान होईन यो त केबल सार्वभौमसत्ता जनतामा हस्तानतरण गर्नको लागी नै संविधान सभाको माग भएको थियो जसले नेपाल बाट सदियौ देखि नेपली जनता लाई शोशण गरेको राजतन्त्रलाई अन्त गरीसकेको छ यो ऐतिहासीक कार्य हो र जनतामा सार्वभौमसत्ता सम्पन्न संविधानको निर्माण गर्नु संविधान सभाको कार्य हो । 

संविधान निर्माणको सिलसिलामा कतिपय शत्तिहरुले आफुलाई अब्बल दर्जाको क्रान्तिकारी शत्ति बताउने माओवादी समुह उग्र क्रान्तिकारी नाराहरु तथा मागहरु राखेर संविधान निर्माणमा बाधा हालेका छन यसप्रकारको कि्रयाकलापले क्रान्तिकारी आन्दोलनलाई काफी हद सम्म असर गरेको छ । संविधानको निर्माण पछाडी पनि हामीहरुले उच्च प्रकारको क्रान्तिकारी संघर्षको माध्यम बाट नै गरीब निमुखा जनताकेा मुत्तिको लागी संघर्ष गर्नुपर्नेछ । त्यसकारण अहिले संविधान निर्माणको कार्यलाई मुख्य रुपमा जोड दिएर नै भोलीको क्रान्तिकारी संघर्षको लागी आधार तयार पार्न सकिनेछ । त्यसकारण संविधान बन्नै पर्दछ ।

 



The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.