१५० फिट लामो कविता

– कञ्चन अर्याल

 

काठमाडौ । सामाजिक र राजनीतिक परिवर्तनमा साहित्यले जहिले पनि सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ । जनयुद्ध होस वा जनआन्दोलन साहित्यकार, कलाकार र संस्कृतिकर्मी अग्रमोर्चामै लडेका छन् । सामाजिक जागरण, साास्कृतिक रुपान्तरण र दबावमूलक कार्यका लागि साहित्य र कलाको प्रयोग अचुक मानिएको छ ।

 

यतिबेला नेपाल नया संविधान लेखन प्रक्रियामा छ । त्यसका लागि संविधानसभा पनि गठन भएको हो । तर, दलहरु संविधान लेखनमा भन्दा सरकार बनाउन र भत्काउनमै व्यस्त छन् । संविधान लेखनका लागि साइकलयात्रादेखि भोकहड्तालसम्मको खबरदारी आन्दोलन पनि नभएका होइनन् । तैपनि गर्नुपर्नेले दबाव महशुस गरेजस्तो देखिदैन । यस्तैमा संविधान लेखन र जनआवश्यकता पूरा गर्न दबाव दिने उद्देश्यले युवा कवि ऋतुराजले १ सय ५० फिट लामो कविता लेखेका छन् । उनको कविता बुधबार सुन्धारामा प्रदर्शनसमेत गरियो ।


काभ्रे घर भएका २८ बर्षीय कवि ऋतुराजको असली नाम चाहिा मोतीविदारक हो । २८ वर्षीय यी कविले साहित्यमा कलम चलाउन थालेको १२ वर्ष भएछ । बुधबार सुन्धारामा प्रदर्शन गरिएको १ सय ५० फिट लामो कविता लेख्न उनलाइ जम्मा ११ दिन लाग्यो रे । कवितामार्फत उनले देशको समसामयिक घटनाक्रममाथि टिप्पणी गरेका छन् । समाजमा बढ्दो विकृति र समयमा संविधान नबनेकोमा कविलाई निकै दुखेको छ । जातीय र क्षेत्रीय राजनीति गरेर देशलाई विखण्डनतिर धकेलेको भन्दै तराई, पहाड र हिमाल नै नेपालको सौन्दर्य भएको उनले कवितामार्फत यसरी सुनाए ।


त्यसो त ऋतुराजले आफ्नो १ सय ५० फिट लामो कविता धरहरामा प्रदर्शन गर्ने लक्ष्य लिएका थिए । धरहरा व्यवस्थापनबाट असहयोग भएपछि उनले कविता सुन्धाराको हुलाक कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । ७५ फिटका दुइटा फ्लेक्स पेपर जोडेर उनले कविता लेखेका छन्  १ सय ५० फिट लामो । उनको कविता हेर्न सुन्धारा पुगेका सर्वसाधारणले उनको खुलेर प्रशंसा गरेका थिए  । ऋतुराज भने आफ्नो कविता सामाजिक परिवर्तनका लागि साहित्यिक आन्दोलनको एउटा अंश भएको बताउछन् । कविता पढेपछि  सबैमा देशप्रतिको दायित्वबोध हुने उनको तर्क छ ।


मध्यम परिवारमा जन्मेका ऋतुराज सानैदेखि साहित्यमा रुची रख्थे । यसअगाडि पनि उनले भक्तिसंगीत र आन्दोलनका कथा नामक दुई वटा गीति संग्रह बजारमा ल्याइसकेका छन् । थपिएको मितिमा संविधान लेखन कार्य पुरा होस् भन्ने उद्देश्यले अब तीन महिना लगाएर ३ हजार फिट लामो कविता लेख्ने तयारीमा जुटेको उनले बताए । सुन्धारामा जस्तै संविधानसभा भवनअगाडि पनि आफूले कविता प्रदर्शन गर्न नपाउने हो की भन्नेमा आशंकाले पनि उनलाई भित्रभित्रै चिमोटेको छ । तैपनि कविता लेखन भने उनले सुरु गरिहाल्ने बताए ।

परिवर्तन आफैबाट सुरु गरौ भन्ने नाराका साथ कविता लेखेका उनले सस्तो लोकप्रियताका लागि यस्तो काम गरेको त होइन भन्ने हाम्रो प्रश्नमा उनी लोकप्रियता कमाउने लालच भए दाता खोजेर धरहरामै कविता प्रदर्शन गर्न सक्ने बताए । खल्तीमा पााच हजार नभएकै कारण आफ्नो सिर्जना धरँहरामा प्रदर्शन गर्न नपाएको गुनासो उनको थियो । पातलो शरीर, लामो कपाल अनि कानमा एमआर लेखिएको टप लगाएका कवि ऋतुराज धराहरा चढ्न नपाएपछि सडकमै यसरी कविता वाचन गर्दै थिए ।


समयमा संविधान निर्माण नहुादा सर्वसाधारणमा चिन्ता र आक्रोश बढ्दो छ, जुन स्वभाविक पनि हो । विस्तारै जनआक्रोश र चिन्ताले नयाानयाा रुप लिन थालेको छ । काभ्रेका ऋतुराजले सुरु गरेको साहित्यिक आन्दोलन पनि त्यसकै एउटा रुप हो भन्न सकिन्छ । संविधान लेखनमा भइरहेको ढिलाई, बजार भाउको चुलिदो उचाई, अराजकता, दण्डहीनता र असुरक्षाजस्ता कारणले जनतामा आक्रोशसागै राजनीतिक निराशापन पनि बढ्दो छ । जुन सामाजिक र आर्थिक विकासका लागि बाधक बन्न सक्छ । त्यसैले सबै क्षेत्रको निशाना बनेको छ अहिले राजनीति । तर, दबाव दिनेहरु दिएको दिएकै, महशुस गर्नुपर्नेले महशुस नगर्दा देशको मियो राजनीति स्थिरझै भएको छ । अब दबाव दिनेहरुले पनि दबाव कार्यक्रमलाई फेसन बनाउनु हुन्न भने जनस्तरबाट दिइएको दबाव महशुस गर्नुपर्नेले पनि बेवास्ता गर्नु हुन्न । अनि मात्र देश र देशबासीको मुहारमा मुस्कान खेल्नेछ ।