प्राप्त समाचारअनुसार लिबियाली विद्रोहीले गद्दाफिको भाग्नसक्ने बढीमात्रामा संभाव्य क्षेत्र मानिएको एक सुरक्षा चौकीमा बढी नै निगरानी राख्नुका साथै अन्य सिमानामा पनि विद्रोहीले पहरा नै दिइरहेका छन् ।
यसक्रममा उनीहरुले ट्युनिसियाको सीमा क्षेत्रमा रहेको चौकी प्रयोग गर्न सक्ने अनुमानका आधारमा सो चौकी नै कब्जा नै गरी पहरा दिइरहेको बताइएको छ । विगत केहीदिनदेखि नै उनीहरुले सो चौकी कब्जा गरेका बताइएको छ ।
गत हप्तादेखि आफ्नै जनताको घेरामा परेका गद्दाफि हाल कहाँ छन्भन्ने बारेमा कुनै जानकारी नभएपनि उनले आफू भाग्नलाकालागि ट्युनिसियाको सीमा क्षेत्रमा रहेको चौकी प्रयोग गर्न सक्ने अनुमान गरी सो चौकीपनि आफ्नो कब्जामा लिएका छन् ।
लिबियाको राजधानीमा लडाइं जारी नै रहेका बेला एवम् उनको निवासमा नै घेराहाली विद्रोही युद्धको मोर्चाबाट पछि नहटीरहेका बेला विद्रोहीले उनलाई भाग्न नदिने प्रयास पनि जारी नै राखेका बताइएको छ ।
सो चौकीमा रहेका सरकारी सेनाले कब्जाको प्रतिकार नगरेका र विद्रोहीको झण्डा त्यहाँ फहराइरहेको पनि समाचारमा उल्लेख छ ।
यसैबीच गत हप्तादेखि नै बेपत्ता रहेका लिबियाली शासक कर्णेल माउमुर गद्दाफि कहाँ छन् भन्ने विषयमा अझै कुनैपनि पत्तो नलागेको समाचारमा उल्लेख छ । उनका सहयोगीले पनि उनको बारेमा कुनै सूचना दिएका छैनन् ।
त्यहाँका विद्रोहीले उनको अवस्था पत्ता लगाउनेलाई ठूलो धनराशीको आर्थिक पुरस्कारको घोषणा गरको थियो तर त्यसको सूचना भने प्राप्त भएको छैन ।
राजधानी त्रिपोलीको आफ्नो सरकारी निवासमा लुकेर रहेको अनुमान केहीले गरिरहेको भएपनि अन्यले भने उनी आफू जन्मिएको एक मरुभूमियुक्त क्षेत्रमा लुकेको अनुमान गरेका छन् । तर त्यसको पनि अहिलेसम्ममा कुनै पुष्टि हुन सकिरहेको छैन ।
यसैबीच लिबियाली विद्रोहीले उनी समर्थक सेनालाई जतिसक्यो चाँडै आत्मसमर्मण गर्नका लागि अल्टिमेटम दिएका छन् । माउमरका आफ्ना समर्थक पनि सो अल्टिमेटमबाट अझै खलेका छैनन् ।
उनीहरुले यदि निर्धारित समयमा पनि उनीहरुले आत्मसमर्पण नगरेका ठूलो क्षति हुनसक्ने चेतावानी पनि उनीहरुलाई दिएका छन् ।
उता सङ्कटमा रहेको लिबयालाई सहयोगका लागि भोलिदेखि फ्रान्सको राजधानी पेरिसमा विश्वका प्रमुख दाता एवम् अन्य राष्ट्र तथा निकायको संयक्त बैठक बस्ने भएको छ ।