पाकिस्तानको क्वेटा शहरमा ईदको नमाज पढेर फर्किएका मानिसहरुलाई लक्षित गरि कार बम विष्फोट

पाकिस्तानको क्वेटा शहरमा गराइएको कार बम विष्फोटमा ५ भन्दा बढी मानिस मारिएका छन् । ईदको नमाज पढेर फर्किएका मानिसहरुलाई लक्षित गरि विष्फोट गराइको थियो । पार्किङ स्थलमा राखिएको कारमा गराइएको विष्फोटमा १० भन्दा बढी घाइते भएका छन् ।

 

विष्फोटका कारण धेरै सवारी साधन क्षतिग्रस्त भएको बताइएको छ । घटनाको जिम्मेवारी कसैले नलिए पनि शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराइएको विष्फोट भएकाले आक्रमणकारीले शियाहरुलाई निशाना बनाएको अधिकारीहरुको अनुमान छ । यस क्षेत्रमा अल कायदासंग आवद्ध लडाकुहरुको सक्रियता बढी छ ।