अफगानिस्तानमा एक दशक देखि सक्रिय अमेरिकी सेना तर्फ यो वर्षको अगष्ट महिना सबैभन्दा धेरै क्षतिको महिना बनेको छ । यो हप्ता मात्र ६६ जना अमेरिकी सेना विभिन्न घटनामा मारिएका छन् । जसमध्ये तालिवान विद्रोहीले अमेरिकी हेलिकप्टरमा गोली हानी ३० जना अमेरिकी विशेष सेना नेभी सिलका सदस्य मारेको घटना उल्लेख्य मानिएको छ ।
यो वर्षको पछिल्ला आठ महिनामा मात्रै ३ सय ६ अमेरिकी सेना मारिएका थिए । गत महिना नेटोका नयां कमाण्डर नियुक्त जनरल जोन एलेनले अफगास्तिानमा गठबन्धन सेनाका लागि चुनौतिहरु प्रशस्त रहेको बताएका थिए । अमेरिकाले यो वर्ष १० हजार , अर्को वर्ष २३ हजार आफ्ना सेना अफगास्तिानबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सुरक्षाकर्मीलाई सुम्पिई त्यहांबाट सन् २०१४ मा सबै विदेशी सेना स्वदेश फर्कने अनुमान गरिएको छ ।