नारीहरुको महान चाड हरितालिका तिज अर्घाखाँचीमा हर्षोउल्लासका साथ मनाइयो

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीभर हिन्दू नारीहरुको महान चाड हरितालिका तिज हर्षोउल्लासका साथ मनाइएको छ। यसैबीच तिजकै उपलक्ष्यमा बुधबार जिल्लाका शिव मन्दिरमा सौभाग्यको प्रतीक रातो कपडा, चुरापोते, गरगहना लगाएर पूजा गर्नेहरु भक्तजनहरुको घुँइचो लागेको छ ।

 


 


विवाहित महिलाले निराहार ब्रत बसेर शिवको पूजा गरे पतिको दिर्घायू हुने र अविवाहितले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

 


 


यसैक्रममा हरितालिका तिजको अवसरमा अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको पोखेडाँडामा भव्य तिज मेला लागेको छ। उक्त मेलामा जिल्लाका नुवाकोट, किमडाडा, अर्घा, सन्धिखर्क, खाचिकोट, ढिकुरा, खिल्जी, असुरकोट, धारापानी, ढाकाबाङ, वाङ्ला र डिवर्ना लगायतका आदी ठाउँबाट मेला हेर्न आएका थिए। भने जिल्लाभरका स्थानिय गाउँ – गाउँहरुमा पनि भव्यका नाचगितहरु भईरहेका छन।

 


 


हरितालिका तिजमा पूजाआजा पछि तिज गीत गाउने र रमाइलो गर्ने गरीन्छ । तिजमा गाइने संगीनी गीत बढी चर्चित छ । कबतिजलाई महिलाहरुको मनको बह पोख्ने दिनको रुपमा लिइए पनि पछिल्लो समय तीज गीत मार्फत् राजनीतिक र साँस्कृतिक बिकृतिप्रति व्यङ्ग्य गर्ने र राष्ट्रियताको पक्षमा आवाज उठाउने गरिएको छ ।

 


 


दिनभर व्रत बसेर पूजाआजा गर्नुपर्ने भएकोले महिलाहरु हरितालिका तिजको अघिल्लो रात सम्म दरको रुपमा मिठा मिठा परिकार खाएका थिए ।

 

 

Editor’s Note:- यस सम्बन्धी अन्य धेरै फोटोहरु “तस्बिर” पेजमा गएर हेर्न सकिनेछ।












Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.