अर्घाखाँचीमा दैवि प्रकोप नियन्त्रण र उद्धारका लागि प्रतिकार्य योजना

– शोभाखर पन्थी


अर्घाखाँची १५ भदौ  । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले दैवि प्रकोप नियन्त्रण र उद्धारका लागि विभिन्न किसिमका प्रतिकार्य योजनाहरु बनाएर अगाडि बढ्ने भएको छ ।


दैवि प्रकोपका कारण धनजनको ठूलो क्षति हुन सक्ने प्रति सत्रकर्ता अपनाउँदै प्रशासनले बाढी पहिरो आगलागी भु-कम्प लगायतका प्रकोप हुने क्षेत्र र ठाउँहरुको पहिचान गरी त्यसबाट बच्न सक्ने उपायका बारेमा सचेतना प्रदान गर्न र तत्काल उद्धारको लागि तयारी अवस्थामा रहने योजना समेत बनाएको छ ।


प्रशासन कार्यालयले सन्धिखर्कमा आज जिल्ला स्तरीय प्रकोप पूर्व तयारी योजना तर्जुमा गोष्ठीको आयोजना गरी दैवी प्रकोप नियन्त्रण र उद्धारका लागि विभिन्न निकायको रायसुझाव समेत लिने काम सम्पन्न गरेको छ ।


कार्यक्रमा प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे प्रहरी नायव उपरिक्षक अरुण पौडेल एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेकपा एमालेका उपाध्यक्ष जनार्दन खनाल एकिकृत क्रान्तिकारीका केन्द्रीय सदस्य यमुना भुसाल राप्रपाका जिल्ला अध्यक्ष देवि बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यालय प्रमुख संचारकर्मी समाजसेवि नागरिक समाज लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 











 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.