अन्तरिक्षमा फैलिएको उपग्रहका कणका कारण अन्तरिक्षमा कुनै पनि किसिमको दुर्घटना हुन सक्ने चेतावनी

International Space Station in orbit above the Earth: Dangerous space junk prompts calls for a cosmic cleanup

 

अन्तरिक्षमा फैलिएको उपग्रहका कणका कारण अन्तरिक्षमा कुनै पनि किसिमको दुर्घटना हुन सक्ने चेतावनी अमेरिकी बैज्ञानिकहरुले दिएका छन् ।

 

अमेरिकी नेशनल रिसर्च काउन्सिलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार पुरानो उपग्रहका कणहरुले अन्तरिक्ष यान र उपयोगी ग्रहहरु नष्ट हुन सक्ने औंल्याउँदै पृथ्वीको वरिपरि घुमिरहेका उपग्रह र यसका कणहरु हटाउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पहल गर्नुपर्ने बैज्ञानिकहरुको भनाई छ । समयमै यी कणहरु सफा नगरिए यसको असर अन्तरिक्ष र पृथ्वीमा समेत पर्न सक्नेतर्फ अमेरिकी बैज्ञानिकहरुले सचेत तुल्याएका छन् । यसअघि सन् २००७ मा चीनमा उपग्रह निरोधक हतियारको परीक्षण गर्ने क्रममा मौसमको जानकारी दिने पुरानो उपग्रह नष्ट हुँदा यसको कण डेढ लाख भागमा फैलिएको थियो ।

 

त्यसैगरी सन् २००९ मा पृथ्वीको कक्षमा सक्रिय उपग्रह र पुरानो उपग्रह ठोक्किंदा यसको कण अन्तरिक्षको कयौं माइलसम्म फैलिएको थियो ।