सन् २००८ मा आर्थिक मन्दी छाउनुमा बैंकहरुको भूमिका रहेको निष्कर्षसहीत अमेरिकाले १२ अमेरिकी बैंकबिरुद्ध जरिवाना तिराउने भएको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार बैंक अफ अमेरिका, जेपी मारगन चेज लगाएत अन्य चर्चित बैंकका प्रमुखहरुले अमेरिकी हाउजिङ घोटाला चरम उत्कर्षमा पुगिरहेको बेला पनि आवश्यक जाँच नगरेर घर कर्जा दिएकोले जरिवाना गर्न लागिएको हो ।
हाउजिङ कम्पनीहरुले सन् २००८ मा बिभिन्न बैंकबाट लिएको घर कर्जा नतिरेकाले अर्थतन्त्रमा नकारात्मक असर परेको टाइम्स पत्रिकाले उल्लेख गरेको छ ।
अमेरिकामा सन् २००८ मा छाएको आर्थिक मन्दीको विश्वभर प्रभाव परेको थियो । कारबाहीमा परेको बैंकले जरिवानास्वरुप कति रकम तिर्नुपर्ने हो भन्नेबारे केहि खुलाइएको छैन ।