चिलीमा वायु सेनाको विमान प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हुंदा विमानमा रहेका २१ जना सबैको मृत्यु भएको छ ।
कासा २१२ विमान दुर्गम जुवा फर्नाण्डेज टापुमा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा चिलीको राष्ट्रिय टेलिभिजनका प्रसिद्ध प्रस्तोता फेलप कामिरोगा सहित अन्य ५ सदस्य पनि थिए । चिलीका रक्षामन्त्री आन्द्रेस अलामादका अनुसार विमानस्थलमा दुई पटक अवतरणको असफल प्रयासपछि विमान हराएको सुचना आएको थियो ।
फर्नाण्डेज टापुका मेयरले दुर्घटनास्थल चट्टाने र हावा चलिरहने क्षेत्र भएकोले विमानको टुक्रा तथा यात्रुहरुको सामान पानीमा तैरिएको अवस्थामा भेटिएको जनाएका छन् ।
चिलीका राष्ट्रपति सेवास्तियन पिरेराले घटना प्रति दुख व्यक्त गर्दै यसबाट मुलुकलाई ठूलो क्षति पुगेको प्रतिक्रिया दिनु भएको छ ।