गत वर्ष सहायता सामग्री बोकेर गाजा शहर जाँदै गरेको एउटा समुद्री जहाजमा भएको आक्रमणका लागि माफि माग्न अस्वीकार गरेपछि टर्कीले इजरायली राजदूतलाई देश निकाला गरेको छ । यसका साथै टर्कीले इजरायलसँग भएका सबै सैन्य सम्झौताहरु पनि रद्द गरेको छ ।
उक्त आक्रमणमा जहाजमा रहेका नौं जना टर्कीसहरुको मृत्यु भएको थियो । इजरायलले उक्त जहाजमाथि आक्रमण गर्न ठूलो संख्यामा सैनिकहरु परिचालन गरेको राष्ट्रसंघीय प्रतिवेदनले खुलासा गरेपछि टर्कीले इजरायलसँग उक्त आक्रमणका लागि माफि माग्न आग्रह गरेको थियो । तर इजरायलले आफ्नो कदम बैधानिक अधिकारको विषय भएको भन्दै माफि माग्न अस्वीकार गरेपछि टर्कीले इजरायली राजदूत ग्याबी लेबीलाई देश निकाला गरेको हो ।
राजदूत निकालापछि टर्कीका विदेशमन्त्री अहमत दाउतआवलूले अब इजरायलले आफ्नो गैरकानूनी कारवाहीको मुल्य चुकाउने समय आएको टिप्पणी गरेका छन् ।