लिवियामा विद्रोहीको अन्तरिम परिषद् एनटीसीले राजधानी ट्रिपोलीमा शान्ति सुव्यवस्था कायम राख्ने प्रयास शुरु गरेको जनाएको छ । एनटीसीका प्रमुख मुस्तफा अब्दल जलीलले प्रवुद्ध व्यक्ति र आदीवासी नेताहरुको एक प्यानल बनाएर शान्ति स्थापनाको प्रयास गरिने बताए ।
लिवियाको भविश्यबारे पेरिसमा सम्पन्न सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि बोल्दै जलीलले् आगामी हप्ता परिषद्को मुख्यालय बेनघाजीबाट ट्रिपोली सारिने बताएका छन् ।
उता एनटीसीका सैन्य प्रवक्ताले लडाकुहरुलाई घर फर्कन वा फेरि सेनामा भर्ना हुन प्रोत्साहित गरिने बताएका छन् ।
उनले गद्धाफीको शासन विरुद्ध सक्रिय विद्रोहीहरु विभिन्न पेशामा आवद्ध युवा भएकाले अब उनीहरुलाई आफ्नो व्यवसायमा फर्कन प्रोत्साहित गरिने उल्लेख गरे । ट्रिपोली आफ्नो नियन्त्रणमा आइसकेपछि शहरमा हतियारधारी युवाहरुको बाक्लो उपस्थिति शान्ति सुव्यवस्था कायम गर्न चुनौति बनेको बताइएको छ ।