काठमाडौ – ४२ हजार शिक्षकको बढुवा शिक्षक सेवा आयोग अध्यक्षको नियुक्ति हुन नसक्दा रोकिएको छ । शिक्षा ऐनअनुसार उमेरले ६० वर्ष पूरा गरेका शिक्षकले अनिवार्य अवकाश पाउँछन् । नियमानुसार दीर्घकालीन सेवा गरेका शिक्षकलाई अनिवार्य अवकाशअघि एक तह बढुवा गरिन्छ ।
‘अध्यक्ष नहुँदा अनिवार्य अवकाश पाउने शिक्षकलाई बढुवा गर्न सकिएन,’ आयोगका सदस्य प्रेमराज उपाध्यायले भने, ‘गत वर्ष तय गरिएको ४२ हजार शिक्ष्ाकको बढुवासमेत रोकिने स्थिति छ ।’ आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा कार्यरत शिक्षकमध्येबाट २५ प्रतिशतलाई बढुवा गर्न लागेको हो ।
आयोग सरका, सार्वजनिक विद्यालयमा शिक्षकको स्थायी नियुक्ति, बढुवा, अध्यापन अनुमतिपत्र -लाइसेन्स) दिने एकमात्र निकाय हो । आयोगका अध्यक्ष उदयराज सोतीको तीन महिना अघि म्याद सकिएपछि पद रिक्त छ ।