टोपबहादुर रायमाझी यस पटक स्थानीय बिकास मन्त्री

PM-oath-01


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीबाट पुर्व भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले यस पटक स्थानीय बिकास मन्त्रीको रुपमा सपथ लिएका छन । 

 

यसैगरी रायमाझीलाई स्थानीय बिकास मन्त्री सहित अन्य माओवादी मन्त्रीहरु वर्षमान पुनले अर्थ, पोष्टबहादुर बोगटीले उर्जा, प्रभु साहले भूमिसुधार र कमला रोकाले युवा तथा खेलकुद र यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शरदसिंह भण्डारीले रक्षा, निलम वर्माले बातावरण र वकिल मुसलमानले महिला बालबालिका मन्त्रालय, फोरम गणतान्त्रिकका जेपी गुप्ताले सञ्चार, नन्दनकुमार दत्तले कृषि र राजलाल यादवले विना विभागीय मन्त्रालय, तमलोपाका हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण, जितेन्द्र सोनार कानुन एवं तमलोपा नेपालका महेन्द्र यादव सिंचाई र दानबहादुर चौधरी वनमन्त्री, सद्भावनाका राजेन्द्र महतो स्वास्थ्य मन्त्रीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा  प्रधानमन्त्री डा. बाबुराम भट्टाईले पद तथा गोपनियताको सपथ गराएका हुन् ।  

 

प्रधानमन्त्री बनेको आठ दिनपछि डा. बाबुराम भट्टाईले पहिलो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन।

 

 स्थानीय बिकास मन्त्रीको रुपमा सपथ लिएका टोपबहादुर रायमाझी यसअघि एमाले झलनाथ खनालको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए। 


 १८ चैत ।श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा ट्रेड युनियन र नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि विच मन्त्री टोपबहादुर रायमाझी  ।

 

टोपबहादुर रायमाझीको बारेमा

 

संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट  १९ हजार ५८४ मत ल्याएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी ‘अनिल’ माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ। स्थानीय बिकास मन्त्रीको रुपमा सपथ लिएका टोपबहादुर रायमाझी यसअघि एमाले झलनाथ खनालको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री हुनुहुन्थ्यो ।

 

०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उहाँ पनि आउनुभएको थियो। उहाँ ०५४ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो। उहाँ प्रवासमा दुई चोटि इन्चार्ज हुनुभयो भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज हुनुहुन्थ्यो।

 

विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउनुहुने अनिलका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुनुहुन्छ।

 

अर्घाखाँची २ खाँडामा ४६ वर्षअघि जन्मनुभएका अनिल २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो। वहाँका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुनुहुन्छ। उहाँकी श्रीमती योगमाया पनि माओवादी राज्य समितिकी सदस्य हुनुहुन्छ।

 

 

 

image

३ भदौ । कामचलाउ सरकारका भौतिक योजना तथा निर्माण मन्त्रीको रुपमा पुल शिलान्यास गर्न रौतहट पुगेका टोपबहादुर रायमाझी ।

 



श्रीलन्काका प्रधानमन्त्री डि.यम जयरथ्नेसँग प्रधानमन्त्री निवास भिसुम्पायमा भेट गर्दै तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी ( आइतवार मे १ , २०११)। तस्बिर: सन्डे अब्जबर /  अर्घाखाँचीडट्कम्

 


२०६७ फाल्गुन २१, शुक्रवार । मन्त्रीको रुपमा सपथ लिएका टोपबहादुर रायमाझी यसअघि एमाले झलनाथ खनालको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए।

 


मार्च ५, २०११ ।  काङ्रेस सस्थापक नेता कृष्णप्रसाद भट्टराईलार्इ श्रद्धान्जली दिदै मन्त्री टोपबहादुर रायमाझी ।


मार्च १६, २०११ । भूमिहीनहरु धर्नालाई सम्बोधन गर्दै मन्त्री रायमाझी ।


भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीलाई मार्च २७ , २०११ शनिबार दमौलीमा फूलमालाले स्वागत गर्दै कार्यकर्ता एवं शुभचिन्तकहरु ।

 

 

वैशाख १९  । नेपाली होटल व्यवसायी संघले नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नाच्दै मन्त्री रायमाझी ।

 

जेठ २६ । गुल्मीको जैसिथोक गाविसमा निर्माण भएको पाञ्चायन उच्च माविको भवन उद्घाटनका लागि गुल्मी आएका मन्त्री रायमाझी।

 

 

 

सम्बन्धित समाचार:

 















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.