हनुमान ढोकामा मुखामुख

– मदन श्रीस

 

काठमान्डौ महानगरपालीका प्रहरी परिसर हनुमानढोकामा नेपाल कै एक नम्बर मानब तस्करलाई साधरण कागज -पत्र र कानूनी प्रकिया अपनाई पीडितहरुलाई थाहै नदिई जमानतमा रिहा गरिएको केही महीना भित्रै दिल्ली पुगेको मानब तस्करलाई फेरी हनुमान ढोका मै पिडीतहरुले हातखुट्टा बाँदेर ल्याएपछि हनुमान ढोका प्रहरी प्रसासनको काम र कतर््ाब्य कस्तो हो भन्ने  जाँच्ने बेला आएको पिडीतहरुले बताएका छन ।

 

लोकतान्त्रीक अदालतले भुपु प्रहरी डि आईजी सम्मलाई सुडान घोटलामा धमाधम पक्राउ गरीरहेको अबस्थामा झन्डै ५० करोड ठगी गर्ने रमेश न्योपाने नामक मानब तस्करलाई भने साध।रण कागज-पत्रमा छोडदा पिडीतहरु हदै सस्म निरास भएका थिए । रमेश न्योपाने नामक दलाल अहिले भने पहिले कै जस्तो फुत्कीन पाईन्छकी भनेर सदर प्रहरी खोर हनुमान ढोकामा दिन गन्दैछन । भने उनलाई निकाल्ने गिरोह र राजनितिक दलका ठुला ब्याक्तिहरु सकि्रय रहेको अनुमान पिडितहरुले गर्दैछन ।

 

झन्दै २०० भन्दा बढी हैटीमा अलपत्र पारेको झन्डै तिन बर्ष भएको छ । उनिहरुले जनही १५ लाख रमेश न्योपानेलाई बुझाएका छन भने उनका आफन्तहरुले हैटीमा न जीउँदो नमर्दोको केही खबर छैन भनी रुदै प्रहरी कहाँ पुग्छन तर प्रहरीले कागजात नभएको भनी फर्काई दिन्छ । बिगत ३ बर्ष देखी हैटीमा अलपत्र पीडीत भलबारी भैरहवाका भिम गुरुङ्गका आफन्तले भने उनले छोरा अमेरीका पुराउछ भनेर १५ लाख बुझाएको तर ३० लाख भन्दा बदी खर्च भईसक्यो । तर अत्तो  पत्तो छैन ।

 

 उजुरी कहाँ दिने त्यसै गरी दुइ बर्ष पहिला अमेरीका र हैटीको समुन्द्रमा डुङ्गामा अमेरीका छिर्दा चालिस जना नेपाली पक्राउ परेका थिए । तिनै पिडितहरुले निज मानब तस्करलाई प्रहरीेमा बुझाएका छन । चालिस जनाको झन्दै २ करोडको अनुमानमा पैसा असुलेका मानब तस्कर म्याग्दी सिख गा।वि।स।sा छवि थापामगरको कम्तिमा २२ लाखको खाली चेक दिईए पछि बैदेशिक रोजगारको नियम अनुसार श्रमविभागमा उपस्थित गराएको छ । यही भाद्र १२ गते अदालतमा उपस्थित गराएको निज तस्करलाई १० दिनको म्याद थपेर पुन थुनामा राखेको पिडितहरुले बताएका छन ।  तस्कार रमेश न्यौपानेले नेपालको कानून अनुसार कस्तो कारबाहीको भागीदार हुने हो त्यो समयले नै बताउँछ स्मरणिय छ ।

 

दुई बर्ष पहिला यूरोप जाने भनेर दिल्ली टर्की जर्जीया सेनेगल लगाएत देशबाट फर्केका पिडितहरु चाबहील सरस्वती नगर विमा सदन स्थीत रमेश न्यौपानेको घरमा जाँदा रमेश न्यौपानेको ज्वाई प्रहरी प्रधान कार्यलय नक्शालमा कार्यरत एस एस पी  नबिन आर्ययालले १ करोड ५ लाखमा घर बेचीदिने चाँजो पाँजो मिलाएर पछी भगाएको थियो । घर बेचेर दिल्ली लूुकी बसेको न्यौपानेले  कसरी पिडितको फन्दामा परे झन्दै १० करोड ठग्ने गिरोहलाई समाउने ति ब्याक्तिहरुलाई परस्कारको ब्याबस्था नेपाल सरकारले गरोस र हैटीमा रहेका सयौं अलपत्र नेपालीहरुको उदार पनि गरियोस ।


 




The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.