अर्घाखाँची कोरिया सम्पर्क मंचको अत्यान्तै जरुरी सुचना
हाम्रो देशको परिस्थितिले गर्दा हामी युवाहरुलाई परदेशिनु बाध्य बनाएको आम नेपालीलाई अबगत छ। जसअनुसार अहिले अरु देशमा झैँ कोरियामा पनि नेपालीको संख्या बढ्दै छ, जसअनुसार कोरियाको लागि नेपालले इ पि यस सिस्टम २००८ मा लगभग ६०००को हाराहारीमा र २०१०मा अन्दाज ४००० गरि कोरियामा पहिलेका साथीहरु सित गरि धेरै नै प्रवेश गरेका छन् र अहिले आउने क्रम पनि जारी नै छ। जसनुसार १५०००को हाराहारी मा २०११ को कोटामा परिक्षामा उत्रिण भएका छन् । यी मध्ये हाम्रो जिल्लाबाट पनि कोरियामा निकै धेरै प्रवेश गर्नुभएको छ । यी सबै कुरालाई मध्य नजर गर्दै हामीले २०१० मा कोरियामा सबै संघ सस्थाले झैँ अर्घाखाँचीका साथीभाई मिलि जिल्लाबासी साथीहरुलाई भोलि कोरियामा केहि समस्या आउदा को संग सम्पर्क राख्ने भन्ने उदेश्यले गर्दा दुख सुखमा साथ दिन र सबै सस्था संग हातेमालो गर्दै समस्यालाई समाधान गर्ने हेतुले हामीले पनि अर्घाखाँची कोरिया सम्पर्क मंचको गठन गरेका थियौ।
यो कोरियाका लागि एकमात्र जिल्लाको साझा सस्था हो । यसले एक वर्षको अबधिमा धेरै साथीहरुलाई चिनाउने मध्यम गरेको र आर्थिक बिकाश गर्दै विभिन्न कार्यक्रममामा भाग लिने अवसर प्रधान गर्यो । खेलकुदमा पनि भाग लिएकै अबगत छदै छ, जिल्लाका साथीभाईहरुलाई साधारण सदस्य पत्रपनि वितरण गर्दै आएको छ ।
अझ भन्ने हो भने त अब देखि अझ बलियो र एकजुट गराउनको लागि येही आउदो सेप्टेम्बरको ११ तारिक आइतबारको दिन (छुसक )लाई मध्यनजर गरि सबै साथी-भाईलाईको छुट्टि मिलाई बृहत भेला गराउन लागेको जानकारी गराउन चाहान्छौ र भेलालाई सफल गराउन सम्पूर्ण अर्घाखाँची बासीहरुलाई भेलामा आइदिनुहुन अनुरोध गर्दछौ। यो भेला कुनै व्यक्तिगत स्वार्थको लाई नभएर सबैको हितको लागि हो भनि उपस्थिति हुन फेरी एक पटक अपिल गर्दछौ र आउदो ओक्टुबर २ तारिकको गुल्मी समाजले भलिबल प्रतियोगिता राखेकोले खेलाडी साथीहरुले खेल खेल्नको लागि हामी संग सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
कार्यक्रम स्थान: लुम्बिनी रेस्टुरेन्ट
दुन्देमुन (गेट न: ३ को अजिकै )
समय: बिहान ठिक ११ बजे
सम्पर्क
१; कर्ण जंग रायमाझी (०१०३२९९९७६८)
२:ठाकुर भुसाल (०१०४९५१४३६४)
३:युबराज पाण्डेय(०१०३१४१२५५६)
४;पुकार शाह (०१०२७४२३६३५)
५:बिष्णु आचार्य (०१०५७८६०२५२)
६: धर्मराज पराजुली (३१४९२७३२)
७: बाला मल्ल (०१०६५१७१५५३)
८: मोहन आचार्य (०१०९२९४७५१७)