जापानमा भारी बर्षापछि आएको आँधीमा परी कम्तीमा २६ जनाको मृत्यु, कयौं बेपत्ता


 

जापानमा भारी बर्षापछि आएको आँधीमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् । पश्चिमी जापानमा आएको तलास नामक आँधीका कारण सयौं हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट हुनुका साथै कयौं पुल भत्केका छन् ।

 

आँधीले गर्दा यातायात सेवा अवरुद्ध भएको छ भने विद्युत आपूर्ती पनि बन्द भएको छ । शक्तिशाली आँधी जापानको उत्तरी क्षेत्रबाट समुद्री तट हुँदै पूर्वी समुद्रतर्फ पुगेको मौसमबिदहरुले बताएका छन् । प्रति घण्टा एक सय आठ किलोमिटरको गतिमा आएको आँधी अझै केही दिनसम्म रहने र मौसमबिदहरुको भनाई छ । आँधीले जापानको पश्चिमी शहर वाकानावा नराम्री प्रभावित बनेको छ ।