लिवियामा विद्रोहीहरुद्धारा गद्धाफी नियन्त्रित केही साना शहरहरुमा घेराबन्दी, भीषण आक्रमणको तयारी


 

लिवियाका नेता कर्णेल गद्धाफी राजधानी त्रिपोली छाडी भागेपछि विद्रोहीहरुले गद्धाफी फौजको नियन्त्रणमा रहेका अन्य साना शहरहरु कब्जा गर्ने प्रयास तीब्र पारेका छन् ।

 

गद्धाफी समर्थक फौजको नियन्त्रण रहेको मरुभुमी शहर बानी वालिदलाई घेरा हाल्दै विद्रोहीहरुले भीषण आक्रमण तीब्र पारेका हुन् । गद्धाफी समर्थकसंग वार्ता गर्न खटिएका विद्रोहीका प्रतिनिधिले आफुलाई बन्धक बनाउने वा मार्ने संभावना रहेकोले गद्धाफीको फौजलाई आत्मसर्मपण गराउने वार्तामा सहभागी हुन नसकेको जनाएका छन् ।

 

राजधानी त्रिपोली कक्जा गरेपछि विद्रोहीहरुले गद्धाफी फौजलाई आत्मसमर्पण गर्न दिएको चौविस घण्टे अल्टिमेटम बढाएका थिए । बानी वाजिदमा सर्वसाधारणलाई सुरक्षित बनाई गद्धाफी फौजलाई आत्मसमर्पण गराउन वातर्टा प्रयास थालिएको थियो ।

 

लिवियाको राष्ट्रिय अन्तरिम परिषदले गद्धाफीका छोरा कामिस भीडन्तमा मारिएको जनाएको छ । गद्धाफी फौजले त्रिपोलीबाट नियन्त्रण गुमाए पनि बानी बालिद, सिर्ट, जुफ्रा र सावा शहरमा गद्धाफी फौजको कडा नियन्त्रण कायम रहेको बीबीसीले जनाएको छ । विद्रोहीहरुको आक्रमणलाई नेटो बहुरािष्ट्रय सेनाले हवाई आक्रमणको सहायताले सहयोग गरिरहेको छ । नेटो सेनाले फाइृटर विमानबाट गद्धाफीको नियन्त्रण रहेका शहरहरुमा भीषण बमबारी गरिरहेको बताईएको छ ।

 

यसैबीच, क्युवाले विद्रोहीको राष्ट्रिय अन्तरिम काउन्सिललाई मानइता नदिने जनाउंदै आफ्ना कुटनीतिज्ञहरुलाई लिवियाबाट फिर्ता बोलाएको छ ।