राष्ट्रसंघले सोमालियामा अनिकालका कारण आगामी चार महिना भित्रमा सात लाख पचास हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
राष्ट्रसंघीय खाद्य सुरक्षा तथा पोषण बिश्लेषण युनिटले दक्षिणी सोमालियाका ४० लाख जनता अनिकालकाट ग्रस्त बनेको र तत्काल सम्बोधन नहुने हो भने चार महिना भित्रै साढे सात लाख मानिस मर्न सक्ने चेतावनी सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । अनिकालबाट सवैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको पनि सो निकायले जनाएको छ ।
विद्रोही संगठन इस्लामिस्ट अल सबाबको नियन्त्रणमा रहेको त्यस क्षेत्रमा बस्दै आएका १ करोड २० लाख मानिसका लागि खाद्यान्नको अति आवश्यकता परेको पनि राष्ट्रसंघीय निकायले जनाएको छ । सोमालिया लामो समयदेखि खडेरी ग्रस्त बनेको छ जसका कारण खाद्यान्न उत्पादन ज्यादै न्युन छ ।
साथै गत २० बर्षदेखि जारी युद्ध र राष्ट्रिय सरकारको अभावका कारण सोमालियाको स्थिती नाजुक छ । खडेरीबाट छिमेकी राष्ट्रहरु इथोपिया, केन्या, युगाण्डा पनि नराम्ररी प्रभावित बनेका छन् ।